पुनःनिर्माणमा पन्ध्र दिन स्वयम्सेवक परिचालन गरिने
काठमाडौँ– भूकम्पपीडितको पुनःस्थापनामा सहयोग पु¥याउने उद्देश्यले राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले यही जेठ ७ देखि २१ गतेसम्म १५ दिनका लागि स्वयम्सेवक परिचालन गर्ने भएको छ ।
प्राधिकरणले अस्थायी आवास निर्माण तथा निजी आवास अनुदान वितरणसम्बन्धी कार्यमा स्थानीय स्वयम्सेवक परिचालन गर्न त्यससम्बन्धी निर्देशिका पारित गरेको प्राधिकरणद्वारा आज जारी विज्ञप्तिमा जनाएको छ ।
भूकम्पीडितलाई उपलब्ध गराइने रु दुई लाख अनुदान समृद्ध लाभग्राही घरधनीसँग हुने अनुदान सम्झौतामा सहयोग पु¥याउने तथा हालसम्म आफ्नो जग्गा नभएको वा भएर पनि घर बनाई बस्नयोग्य नभएकाले पालमुनि बसिरहेका भूकम्पपीडितलाई सहयोग पु¥याउने उद्देश्यले सो निर्देशिका तयार पारिएको छ ।
स्वयम्सवेकलाई सरकारले उपलब्ध गराउने अनुदान रकम वितरण गर्दा सम्बन्धित गाविसका सचिव÷नगरपालिकाका कार्यकारी अधिकृत र समृद्ध लाभग्राही घरधनीबीच हुने अनुदान सम्झौतामा सहजीकरण गर्ने कार्यक्षेत्र तोकिएको छ ।
त्यस्तै हालसम्म पनि पालमुनि बसिरहेका भूकम्पपीडितलाई आगामी वर्षात् सुरु हुनु अगावै व्यक्तिगत वा सामूहिक अस्थायी आवासमा ल्याउने कार्यमा सहयोग पु¥याउने कार्यक्षेत्र तोकिएको छ । सो कार्यमा स्वयम्सेवक परिचालन गर्न चाहने सङ्घसंस्था वा राजनीतिक दलले सम्बन्धित गाविस वा नगरपालिकामा यही जेठ ५ गतेभित्र दर्ता गराइसक्नुपर्ने निर्देशिकामा उल्लेख छ ।
स्वयम्सेवकको सङ्ख्या निर्धारण स्थानीय आवश्यकतालाई ध्यानमा राखी स्थानीय राजनीतिक पार्टीसँगको समन्वयमा समृद्ध गाविस वा नगरपालिकाले गर्नेछ । निर्देशिकानुसार स्वयम्सेवकले आफ्नो यातायात, बसोबास तथा खानपानको व्यवस्था लगायत अन्य सबै खर्च आफैं गर्नुपर्नेछ । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फुटबल र राजनीतिलाई मिसाउँदिनँ : अर्जेन्टिनी प्रशिक्षक स्कालोनी
-
अलपत्र निर्माण आयोजनाको म्याद एक वर्ष थप्ने सरकारको तयारी
-
सान फ्रान्सिस्कोमा डुङ्गा डुब्दा एक जनाको मृत्यु, दुई जना बेपत्ता
-
राजनीतिमा असम्भव भन्ने कुरा केही हुन्न, सत्ता समीकरण बदलिन पनि सक्छ: जीवनबहादुर शाही
-
शैक्षिक परामर्श व्यवसायीहरूले गरे आन्दोलनको घोषणा
-
मेस्सीले उपाधि जित्दाका साक्षी रेफ्रीलाई विश्वकप सेमिफाइनलको कमाण्ड, ओलिभर र टेलर बाहिरिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण