बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

चार्टर्ड एकाउन्टेन्टको माग ५ हजार, कार्यरत १ हजारमात्रै

आइतबार, ०२ जेठ २०७३, १६ : २९
आइतबार, ०२ जेठ २०७३

काठमाडौँ– नेपालमा करिब पाँच हजारको सङ्ख्यामा चार्टर्ड एकाउन्टेन्ट (सिए)को माग भए पनि अहिले एक हजार जना पनि कार्यरत छैनन् ।

चार्टर्ड एकाउन्टेन्टको अध्यापन तथा नियमन गर्ने नेपाल चार्टर्ड एकाउन्टेन्टस संस्था (आइक्यान)का अनुसार खर्चिलो मानिने सो विषय उत्तीर्ण गरेका एक हजार जनामध्ये ५० प्रतिशत विद्यार्थी विदेशमा कार्यरत छन् । आइक्यानले आयोजना गरेको दुईदिने ‘सि करियर एक्स्पो’मा विद्यार्थीको आकर्षण बढिरहेको पाइएको छ ।

संस्थाका अनुसार शनिबारदेखि सुरु भएको सो एक्स्पोमा करिब १०० विद्यार्थी सिएको अध्ययनबारे जानकारी लिन आइसकेका छन् । आइक्यानका शिक्षा विभाग अधिकृत माधव कक्षपतिले सिएमा विद्यार्थीको आकर्षण बढ्दै गएको तथा हाल काठमाडौँ र उपत्यकाबाहिर गरी करिब १० हजार विद्यार्थी अध्ययनरत रहेको जानकारी दिए । संस्थाबाट सम्बन्धन प्राप्त करिब १५ इन्स्टिच्युटले सो विषय अध्यापन गराइरहेका छन् । करिब ५ वर्षे सो अवधिको पढाइ सक्न रु एक लाख ५० हजारदेखि रु तीन लाख ५० हजारसम्म लाग्छ । सिए अध्ययन गर्ने विद्यार्थी लेखापरीक्षण, कर, वाणिज्य कानुन, व्यवस्थापनजस्ता विषयमा दक्ष हुन्छन् । अहिले वार्षिक ७० जनाले सो विषय उत्तीर्ण गर्ने गरेका छन् । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप