ट्राफिक नियम उल्लङ्घन शुल्क बढेकै दिन पाँच सय सवारी कारबाहीमा
काठमाडौँ–ट्राफिक नियम उल्लङ्घन गरेबापतको शुल्क बढेकै दिन काठमाडौँ उपत्यकामा ५३९ सवारी कारबाहीमा परेका छन् ।
मादक पदार्थ सेवन गरी सवारी चलाउने ७९, सवारी अवस्था ठिक नभएको १८, फुटपाथमा पार्किङ गरेका १३ तथा अन्य विविध शीर्षकमा सवारी कारबाहीमा परेका हुन् । सामान्य ट्राफिक नियम उल्लङ्घन गर्नेलाई ट्राफिक प्रहरीले रु २५ देखि रु २०० सम्म लिने गरेकोमा शनिबारदेखि बढाएर रु ५०० लिने गरेको छ ।
महाशाखाका सहप्रवक्ता राजेन्द्रप्रसाद भट्टले गत वर्ष असोज १४ गते ऐन संशोधनमा ट्राफिक नियम उल्लङ्घन गर्नेलाई शुल्क बढाउने निर्णय गरेअनुसार ट्राफिकले शुल्क बढाएर कारबाही गरेको बताए। पहिलोपटक ट्राफिक नियम उल्लङ्घन गर्नेलाई रु ५००, दोस्रोपटक समाते रु एक हजार र तेस्रोपटक समातेमा रु एकहजार ५०० सम्म शुल्न लिने गरिएको छ ।
महाशाखाले ट्राफिक सङ्केत उल्लङ्घन, सवारी निषेध गरेको ठाउँमा पार्किङ, ध्वनी निषेध ठाउँमा बजाउनु, गलत ठाउँमा सवारी रोक्नु, अवस्था ठिक नभएको सवारी साधन चलाउनु, तीव्रगतिमा चलाउनु, राति बत्ती नबाली सवारी चलाउनु, नम्बर प्लेट नराखी चलाउनु तथा पेटी नबाँधी चलाउनेलाई बढी शुल्क लिने सूचना जारी गरेको थियो ।
जेठ १ गतेदेखि लागू हुने गरी ट्राफिक नियम उल्लङ्घन गर्नेलाई शुल्क बढाउन यही वैशाख १४ गते सूचना जारी गरेको थियो । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फुटबल र राजनीतिलाई मिसाउँदिनँ : अर्जेन्टिनी प्रशिक्षक स्कालोनी
-
अलपत्र निर्माण आयोजनाको म्याद एक वर्ष थप्ने सरकारको तयारी
-
सान फ्रान्सिस्कोमा डुङ्गा डुब्दा एक जनाको मृत्यु, दुई जना बेपत्ता
-
राजनीतिमा असम्भव भन्ने कुरा केही हुन्न, सत्ता समीकरण बदलिन पनि सक्छ: जीवनबहादुर शाही
-
शैक्षिक परामर्श व्यवसायीहरूले गरे आन्दोलनको घोषणा
-
मेस्सीले उपाधि जित्दाका साक्षी रेफ्रीलाई विश्वकप सेमिफाइनलको कमाण्ड, ओलिभर र टेलर बाहिरिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण