बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

मंजु बम सहित नौ बिरुद्ध विशेष अदालतमा मुद्धा दायर

आइतबार, ०२ जेठ २०७३, १७ : २३
आइतबार, ०२ जेठ २०७३

काठमाडौं– दार्चुला जिल्ला खेलकुद विकास समितीका तत्कालिन अध्यक्ष मंजु बम सहितका सात पदाधिकारी र दुई ईन्जिनीयरले कभर्डहल निर्माणका लागि प्राप्त रकम अनियमीत रुपमा खर्च गरेको ठहर गर्दै अख्तियारले विशेष अदालतमा मुद्धा दायर गरेको छ ।

जिल्ला खेलकुद विकास समिती दार्चुलाको कभर्डहल निर्माणको लागी राष्ट्रिय खेलकुद परिषद्बाट आर्थिक बर्ष ०६७÷६८ र ०६९÷७० मा निकाशा भएको रकम मंजु बम सहितका नौ जनाले अनियमितता गरेको भन्दै अख्तियारले आईतबार विशेष अदालतमा मुद्धा दायर गरेको हो । दार्चुला जिल्ला खेलकुद विकास समितीका तत्कालिन अध्यक्ष एवं कभर्डहल निर्माण समितीका तत्कालिन संयोजक तथा सदस्यहरुले मिलेमतो गरेर नभएको र नगरेको कामलाई ‘भएको र गरेको हो’ भनी झुठ्ठा बिल भरपाई र श्रेस्ताहरु तयार गरी भुक्तानी लिने दिने काम गरेर ब्यक्तिगत लाभ लिएको अख्तियारले जनाएको छ ।

यसरी आफुले लाभ लिएर राष्ट्रिय खेलकुद परिषद्लाई हानी पुर्याएको भन्दै अख्तियारले कभर्डहल निर्माण समितिका संयोजक मंजु बम, कल्याण सिंह धामी, भुपेन्द्रराज अवस्थी, मान सिंह विक, श्यामराज अवस्थी, दान सिंह निरौला, हरिशचन्द्र भट्ट तथा ईन्जिनियरहरु शेखर चन्द्र बडु र मदन राज जोशी रहेका छन् । बडु र भट्ट जिल्ला प्राविधीक कार्यालय दार्चुलाका ईन्जिनीयर हुन् । उनिहरुलाई भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ८ (१) को (ङ) बमोजिमको कसुर गरेको पुष्टि हुन आएको भन्दै कसुरको मात्रा अनुसार कैद सजाय र बिगो बमोजिम जरिवाना माग गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप