बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

पत्रकारको आर्थिक सुरक्षा गर्न सकेमात्र राष्ट्रको सुरक्षा: सिंचाई मन्त्री यादव

आइतबार, ०२ जेठ २०७३, १७ : २८
आइतबार, ०२ जेठ २०७३

पोखरा –सिंचाई मन्त्री उमेश यादवले देशमा कार्यरत पत्रकारहरु अपराजित जनमुक्ति सेना भएको वताएका छन् । नेपाल पत्रकार महासंघ कास्कीद्धारा आईतवार पोखरामा आयोजित पत्रकार सम्मान एवं पुरस्कार वितरण कार्यक्रममा वोल्दै मन्त्री यादवले सो कुरा वताएका हुन् । उनले पत्रकारिता प्रति आम जनताको भूमिका गहन रहेको वताउँदै पत्रकारहरुले जिम्मेवार भएर समाजमा कलम चलाउनु पर्ने वताए । उनले पत्रकारिता आम उत्पीडित जनसमुदायको मुक्तिका लागि हुनु पर्ने धारणा व्यक्त गरे । नेपालका पत्रकारहरु पछिल्लो समयमा आर्थिक संकटका कारण विदेश पलायन भएको वताउँदै उनले पत्रकारको आर्थिक सुरक्षा गर्न सकेमात्र राष्ट्रको सुरक्षा हुने वताए । उनले क्षणिक स्वार्थको लागि गरिने पत्रकारिताले समाजको हित गर्न नसक्ने वताए । उनले नेपालमा संविधान वनिसकेकोले त्यसलाई कार्यान्वयन गर्नु आजको खाँचो भएको औंल्याए । पोखराको हर्पन खोलाले फेवाताल पुरेको गुनासो आईरहेको वताउँदै मन्त्री यादवले हर्पन खोला नियन्त्रणवारे वजेट छुट्याउने उद्घोष गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप