बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

बुन्डेस लिगामा लेवान्डोस्कीको नयाँ किर्तिमान

आइतबार, ०२ जेठ २०७३, १७ : ५३
आइतबार, ०२ जेठ २०७३

म्युनखि – रोबर्टो लेवान्डोस्किले जर्मन बुन्डेस लिगामा ३० औँ गोल पूरा गर्दा बार्यन म्युनिखले पेप गार्डीओलाको प्रशिक्षणमा अन्तिम खेलमा हानोभरलाई ३–१ हराएको छ ।

लेवान्डोस्कीले १२ औँ मिनेटमा गोल गर्दै बार्यनलाई अग्रता दिलाएका थिए । त्यसपछि मारियो गोट्जेले खेलको २८ औँ र ५४ औँ मिनेटमा गोल गरे ।

जारी सिजनमा लेवान्डोस्कीको यो ३० औँ गोल हो । उनी ३९ वर्षपछि जर्मन बुन्डेसलिगामा ३० गोल पुरा गर्ने खेलाडी बने । उनले सर्वाधिक गोलकर्ताको अवार्ड समेत जितेका छन् ।

घरेलु मैदानमा जीत निकालेसँगै बार्यनले दोस्रो स्थानको बोरुसिया डर्टमुन्डसँगको अंक दूरीलाई १० अंकमा पुर्यायो । खेल सुरु हुनअघि बार्यनले आफ्नो प्रशिक्षक पेप गार्डीओलको विदाईमा विशेष कार्यक्रम गरेको थियो । गार्डीओलाले अब आगामी सिजनबाट म्यानचेस्टर सिटी सम्हाल्नेछन् ।

लिगमा अन्तिम खेल समाप्त भएपनि गार्डीओलाले अझै बार्यनलाई थप एक खेलमा प्रशिक्षण दिनेछन् । उनको प्रशिक्षणमा बार्यनले आगामी शनिबार जर्मन कपको फाइनलमा बोरुसिया डर्टमुन्डको सामना गर्नेछ ।

पेप ग्वार्डीओलाले सन् २०१३ पछि बार्यनलाई लगातार तीन लिग उपाधि जिताएका छन् । उनको नेतृत्वमा लगातार तीनपटक च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेपनि बार्यनले च्याम्पियन्स लिग जित्न भने सकेन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप