अनेरास्ववियुको विस्तारित बैठक सुरु
बनेपा - अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन(अनेरास्ववियु)को प्रथम विस्तारित बैठक काभ्रेपलाञ्चोकको धुलिखेलमा आजदेखि सुरु भएको छ । बैठकको उद्घाटन गर्दै नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले सरकारको वर्तमान समीकरण भत्काएर मुलुकमा अस्थिरता र अराजकता ल्याउने कोसिस भएको जिकिर गर्दै सरकारको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयन हुन नदिन अनेक षडयन्त्र भएको बताए । उहाँले स्थानीय, प्रादेशिक र संसदीय निर्वाचन हुन नदिनसमेत कोसिस भएको उल्लेख गर्दै चुनावलाई टार्ने र पर सार्ने कोसिस भएको छ, त्यसविरुद्ध विद्यार्थी एकजुट हुन आवश्यक छ भने । महासचिव पोखरेलले मत र मन मिल्ने हिसाबले कार्यविभाजन गर्न आग्रह गर्दै परिवर्तित परिस्थतिमा शैक्षिक मुद्दाको पुनःसंरचना गरेर अघि बढ्नुपर्नेमा जोड दिए । उनले संविधानको पक्षपोषण गर्ने सन्दर्भमा पनि सङ्गठनभित्र पृथक विचार हुन नहुने कुरामा जोड दिँदै राष्ट्रिय राजनीतिलाई हेक्का राखेर अनेरास्ववियुको कार्ययोजना बनाइनुपर्ने बताए । अनेरास्ववियुका अध्यक्ष नवीना लामाले एकमना एकताको पक्षमा बैठक केन्द्रित हुने उल्लेख गर्दै विगतमा भएका कमीकमजोरीको समीक्षा गरेर कार्ययोजना तय हुने बताइन् । उनले शैक्षिक प्रमाणपत्रका आधारमा सरकारले ऋण प्रवाह गर्ने विषय स्वागतयोग्य भएको उल्लेख गर्दै शिक्षामा भएको व्यापारीकरण वा सरकारी विद्यालयमा शैक्षिक गुणस्तर सुधार्न सङ्गठन खरो ढङ्गले अघि बढ्ने बताए । तीन दिनसम्म चल्ने सो बैठक अनुरास्ववियुको २२ औँ महाधिवेसनपछि पहिलो पटक बस्न लागेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फुटबल र राजनीतिलाई मिसाउँदिनँ : अर्जेन्टिनी प्रशिक्षक स्कालोनी
-
अलपत्र निर्माण आयोजनाको म्याद एक वर्ष थप्ने सरकारको तयारी
-
सान फ्रान्सिस्कोमा डुङ्गा डुब्दा एक जनाको मृत्यु, दुई जना बेपत्ता
-
राजनीतिमा असम्भव भन्ने कुरा केही हुन्न, सत्ता समीकरण बदलिन पनि सक्छ: जीवनबहादुर शाही
-
शैक्षिक परामर्श व्यवसायीहरूले गरे आन्दोलनको घोषणा
-
मेस्सीले उपाधि जित्दाका साक्षी रेफ्रीलाई विश्वकप सेमिफाइनलको कमाण्ड, ओलिभर र टेलर बाहिरिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण