गठबन्धनको सिंहदरवार घेराउ सकियो, समिक्षा गर्न बैठक
आइतबार, ०२ जेठ २०७३, १८ : १४
काठमाडौं – संघीय गठबन्धनले आइतबार गरेको सिंहदरवार घेराउ कार्यक्रम सकिएको छ । कार्यक्रम सकिएलगत्तै गठबन्धनको बैठक संघीय समाजवादी फोरम नेपालको कार्यालयमा बस्दैछ ।
बैठकले आजको कार्यक्रमको समिक्षा गर्ने बताइएको छ ।
गठबन्धनका कार्यकर्ताले दिनभर सिंहदरवार छिर्ने नाकामा धर्ना दिएका थिए । शान्तिपूर्ण रुपमा सम्पन्न भएपनि राष्ट्रिय आन्दोलनअन्तरतग गठबन्धनको कार्यक्रमका कारण दिनभर राजधानीको ट्राफिक अस्तव्यवस्त बनेको थियो ।
आन्दोलनमा संलग्न हुन आएका मधेसी दलका कार्यकर्ताहरुलाई प्रहरीले नागढुंगामा अवरोध पु¥याएको थियो । आन्दोलनमा सहभागी हुन आएका सहभागी चढेको बसहरुलाई ठाउँ ठाउँमा रोकेको संघीय समाजवादी फोरम, नेपालले जनाएको छ । सो क्रममा धादिङको नौबिसेमा १३ र थानकोटमा १८ वटा बस बिनाकारण रोकिएको फोरमले बताएको छ ।
त्यसै गरी पथलैयामा पनि दर्जनौ बस रोकिएको र २७ बढी पक्राउ गरिएको आन्दोलनका सहभागीहरुले बताए । सो बारे हाल सम्म औपचारिक रुपमा पुष्टि गरिएको छैन । धनुषाका भवेश मिश्र नागढुंगामा बिहानको ५ बजे आइपुगेको भए पनि १० बजे मात्र काठमाडांै प्रवेश गर्न दिएको थियो । त्यस्तै बाराका मन्जारुल अन्सारीका अनुसार प्रहरीले सोही स्थानमा झण्डा खोसेको तथा अभद्र शव्द प्रयोग
गरेका थिए । आज बिहान फोरमका कार्यकर्ताबाट प्रहरी ३०० झण्डा नियन्त्रणमा लिएको समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फुटबल र राजनीतिलाई मिसाउँदिनँ : अर्जेन्टिनी प्रशिक्षक स्कालोनी
-
अलपत्र निर्माण आयोजनाको म्याद एक वर्ष थप्ने सरकारको तयारी
-
सान फ्रान्सिस्कोमा डुङ्गा डुब्दा एक जनाको मृत्यु, दुई जना बेपत्ता
-
राजनीतिमा असम्भव भन्ने कुरा केही हुन्न, सत्ता समीकरण बदलिन पनि सक्छ: जीवनबहादुर शाही
-
शैक्षिक परामर्श व्यवसायीहरूले गरे आन्दोलनको घोषणा
-
मेस्सीले उपाधि जित्दाका साक्षी रेफ्रीलाई विश्वकप सेमिफाइनलको कमाण्ड, ओलिभर र टेलर बाहिरिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण