बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

लुम्बिनीको शान्तिदीप सगरमाथा आधार शिविर पु¥याइने

आइतबार, ०२ जेठ २०७३, १८ : ४६
आइतबार, ०२ जेठ २०७३

रुपन्देही - विश्व शान्तिको मुहान सिद्धार्थ गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा रहेको अखण्ड शान्तिदीप सगरमाथाको आधार शिविर पु¥याइने भएको छ ।

नेपालका ओलम्पियन धावक वैकुण्ठ मानन्धर, खड्ग रानाभाट, कृष्ण बस्नेत, तीन पटकका एभरेष्ट म्याराथन विजेता दीपक राईसहित अन्य खेलाडी शान्तिको ज्योति लिएर लुम्बिनीबाट आज त्यसतर्फ प्रस्थान गरेका छन् ।

उनीहरु लुम्बिनीबाट तिलौराकोट, स्वयम्भु, बौद्धनाथको परिक्रमा गर्दै सोलु पुग्ने कार्यक्रम रहेको छ । उनीहरु आज ज्योति कपिलवस्तु हँुदै लिएर काठमाडौँ जाँदै छन् । बुद्धको जन्मस्थल लुम्बिनीको शान्तिदीपबाट सुरु भएको उक्त कार्यक्रम मायादेवी मन्दिरमा परिक्रमा गरी ज्योति लिएर तिलौराकोट प्रस्थान गरेका थिए । उनीहरुले सोलु बजारबाट सोलु गुम्बा परिक्रमा गर्दै सगरमाथा आधार शिविरसम्म ज्योति पु¥याउने छन् । तर लुम्बिनी र तिलौराकोटभित्र भने अन्तर्राष्ट्रिय खेलाडी शाहवानु खान, गुलाब खान र पत्रकार समीर खान पनि सहभागी हुनेछन् ।

गत वर्षको भूकम्प र नाकाबन्दीबाट खस्किएको पर्यटन पुनःजीवित गराउन यस्तो कार्यक्रम आयोजना गरिएको आयोजक नेपाल पर्यटन प्रतिष्ठान, बुद्धिष्ट सर्किट डट कम र तेन्जिङ हिलारी एभरेष्ट म्याराथनले जनाएका छन् ।

यसैगरी, लुम्बिनी र कपिलवस्तुमा छोपिएर बसेका बुद्धका जीवनका बौद्धिक धरोहरलाई प्रकाशमा ल्याउने र त्यस्ता स्थलको अन्तर्राष्ट्रिय पर्यटन बजार मञ्चमा प्रवद्र्धन गरी लुम्बिनी कपिलवस्तु तथा समग्र देशलाई हित हुने नौला आयामका पर्यटनको विकास गर्न कार्य गर्ने पनि आयोजक विक्रम पाण्डेले जानकारी दिए ।

आयोजक पाण्डेले भने – “यो बुद्ध जन्मस्थल लुम्बिनीको शान्तिदीप देशमा आएको विनाशकारी भूकम्प र नाकाबन्दीबाट खस्किएको पर्यटन क्रमिक रुपमा फेरि ब्युँताउने हाम्रा सत्प्रयासमा एक ‘ब्रह्मास्त्र’ को काम गर्नेछ भन्ने हामीले आशा राखेका छौँ ।” उनले यो कार्यक्रमलाई आगामी दिनबाट अझै बृहत् र भव्य बनाउँदै लैजाने उल्लेख गरे । उनले लुम्बिनी र कपिलवस्तुलाई एक रुपमा विकास र प्रचारप्रसारका लागि पनि सबैले आ–आफ्नो ठाउँबाट काम गर्नुपर्नेमा जोड दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप