बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

२९ वर्षीया कमलाको कतारबाट उद्दार गरी नेपाल फर्काइयो

आइतबार, ०२ जेठ २०७३, १९ : ०२
आइतबार, ०२ जेठ २०७३

काठमाडौं – नेपालबाट बैदेशिक रोजगारीको शिलशिलामा कुबेत पुगेर अलपत्र परेकी एक महिलाको उद्धार गरिएको छ । कतारस्थित सब्बा सालिममा घरायसी कामदारको रुपमा काम गर्दै आएकी कमला केसीलाई प्रहरीले उद्धार गरेको हो ।

नवलपरासी दाउन्नेदेबी-६ गंगाबस्ती स्थाई घर भएकी वर्ष २९ की कमला रोजगारदाताले तलब समेत नदिएको कारणले उक्त स्थानबाट भागेर अन्यत्र गई काम गरिरहेको अवस्थामा त्यहाँको प्रहरीले पक्राउ गरी २६ दिन सम्म थुनामा परेकी थिइन् ।

थुनामुक्त भए पश्चात प्रहरीको अपराध महाशाखामा पिडितको भाईले जानकारी गराएकोमा के।सीलाई यस महाशाखाको विशेष पहलमा कुबेत स्थित नेपाली दुतावास तथा अन्य सम्बन्धित निकायहरु समेतको समन्वयमा उद्दार गरी जेठ १ गते नेपाल फर्काइएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप