बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

काभ्रेमा दुर्घटनामा एकको मृत्यु

आइतबार, ०२ जेठ २०७३, १९ : ०६
आइतबार, ०२ जेठ २०७३

बनेपा - काभ्रेपलाञ्चोकको पाँचखालमा आज भएको दुर्घटनामा एकजनाको मृत्यु भएको छ । जिल्लाको पाँचखाल नगरपालिकाबाट स्थानीय पर्सेल जाँदै गरेको बा २ ख २९९६ नंको यात्रुबाहक बसबाट ओर्लेर बाटो काट्न खोज्दा सोही बसले ठक्कर दिएर पाँचखाल–९ बस्ने ९७ वर्षीय जीतबहादुर तामाङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक नवीनराज राईले जानकारी दिए । सो दुर्घटनापछि स्थानीयले बसका चालक सिन्धुपाल्चोकका २२ वर्षीय राजकुमार कार्कीलाई बाँधेर मरणासन्न हुने गरी कुटपिट गरेका छन् । कुटपिटबाट घाइते भएका कार्कीको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । सो घटनापछि केहीबेर सडक अवरुद्ध भएको र अहिले स्थिति सामान्य भइसकेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप