भारतमै बनेको क्षेप्यास्त्र सफलतापूर्वक परिक्षण, २ हजार किलोमिटर टाढा हान्न सक्ने
आइतबार, ०२ जेठ २०७३, १९ : ४५
भुवनेश्वर – भारतमै बनेको इन्सेप्टर क्षेप्यास्त्रको सफलतापूर्वक परिक्षण गरिएको छ । आइतबार बिहान ११ बजेर १५ मिनेट जाँदा ओडिसाको अब्दुल कलाम टापुबाट क्षेप्यास्त्र प्रक्षेपण गरिएको थियो । यो सुपरसोनिक बलास्टिक मिसाइल हो । यसले २ हजार किलोमिटर टाढासम्म प्रहार गर्न सक्छ । यसलाई बंगालको खाडीमा प्रहार गरिएको थियो । ७.५ मिटर लामो यस क्षेप्यास्त्रमा अत्याधुनिक नेविगेसन सिस्टम रहेको छ । यसको गति अवाजको रफ्तारभन्दा पनि चाँडो हुन्छ । यसले दुश्मनको प्लेन या मिसाइललाई नस्ट गर्न सक्ने भारतीय मिडियाले जनाएको छ । यसको वजन १.२ टन रहेको बताइएको छ । यसअघि सन् २०१५ मा यसको परिक्षण गर्दा असफल भएको थियो । प्रक्षेपण गरेको केही बेरमा नै समूद्रमा क्षेप्यास्त्र खसेको थियो । भारतसँग अग्नी १,२,३, पृथ्वी र ब्रह्मोस क्षेप्यास्त्र पनि रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फुटबल र राजनीतिलाई मिसाउँदिनँ : अर्जेन्टिनी प्रशिक्षक स्कालोनी
-
अलपत्र निर्माण आयोजनाको म्याद एक वर्ष थप्ने सरकारको तयारी
-
सान फ्रान्सिस्कोमा डुङ्गा डुब्दा एक जनाको मृत्यु, दुई जना बेपत्ता
-
राजनीतिमा असम्भव भन्ने कुरा केही हुन्न, सत्ता समीकरण बदलिन पनि सक्छ: जीवनबहादुर शाही
-
शैक्षिक परामर्श व्यवसायीहरूले गरे आन्दोलनको घोषणा
-
मेस्सीले उपाधि जित्दाका साक्षी रेफ्रीलाई विश्वकप सेमिफाइनलको कमाण्ड, ओलिभर र टेलर बाहिरिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण