बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

सिंहदरवार घेराउ सोमबार र मंगलबार जारी रहने

आइतबार, ०२ जेठ २०७३, २० : ०७
आइतबार, ०२ जेठ २०७३
काठमाडौं – आइतबारको सिंहदरवार घेराउ कार्यक्रमको समिक्षा गर्न संघीय गठबन्धनको बैठक भर्खरै सकिएको छ ।

संघीय समाजवादी फोरम नेपालको केन्द्रीय पार्टी तीनकुनेमा बसेको बैठकले सिंहदरबार घेराऊ कार्यक्रमलाई जारी राख्ने निर्णय गरेको संघीय समाजवादी फोरम नेपालका अध्यक्ष एवं संघीय गठबन्धनका संयोजक उपेन्द्र यादवले जानकारी दिए । आइतबारदेखि सुरु भएको सिंहदरबार घेराऊ कार्यक्रम सोमबार र मंगलबार यथावत रहने भएको छ । त्यसपछि सिंहदरबार घेराऊ कार्यक्रमलाई निरन्तर राख्ने वा स्वरुप परिवर्तन गर्ने बारे भोलि सोमबार बस्ने गठबन्धनको बैठकले निर्णय गर्ने बताइएको छ । सिंहदरबार घेराऊको पहिलो दिन शान्तिपूर्ण र जनताको व्यापक सहभागितामा सफल भएको गठबन्धनले समिक्षा गरेको छ । गठबन्धनले काठमाडौं केन्द्रीत आन्दोलनलाई शान्तिपूर्ण ढंगले अझ उचाइँमा पुर्याउने समेत निर्णय गरेको बताइएको यादवका प्रेस संयोजक महेश चौरसियाले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप