बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

स्टेडियममा शंकास्पद वस्तु भेटिएपछि युनाइटेड र बोर्नेमाउथको खेल रद्द

आइतबार, ०२ जेठ २०७३, २० : १५
आइतबार, ०२ जेठ २०७३
काठमाडौं – म्यान्चेस्टर युनाइटेडको घरेलु मैदान ओल्ड ट्राफोडमा शंकास्पद वस्तु भेटिएपछि बोर्नेमाउथविरुद्धको खेल रद्द गरिएको छ । मैदानमा सुरक्षा उपस्थित बाक्लो बनाइएको छ । स्थानीय समयअनुसार ३ बजे शुरु हुनपर्ने खेल ३ः४५ मा सारिएको थियो । तर पछि खेल रद्द गरिएको घोषणा गरियो । मिडिया रिपोर्टका अनुसार मैदानको उत्तर पश्चिम क्षेत्रमा शंकास्पद वस्तु भेटिएको थियो । उक्त वस्तुको जानकारी पछि मैदान खालि गराइएको थियो भने अहिले प्रहरीले जाँच गरिररहेको छ । प्रिमियर लिगको अन्तिम खेल आज खेलाइँदैछ । अन्य खेलहरु भने समयमा शुरु हुने बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप