बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

जिका भाइरस रोक्न ओलम्पिक खेलाडीलाई दोहोरो सुरक्षाको भएको कण्डम

आइतबार, ०२ जेठ २०७३, २० : ३३
आइतबार, ०२ जेठ २०७३

रियो – रियो ओलम्पिक सूरु हुनै लाग्दा खेलाडीको ध्यान भने प्रतिस्पर्धाभन्दा स्वास्थ्यमा बढी केन्द्रित छ । खेल मैदान बाहिरका विषयमै यसपटक ओलम्पिकमा प्रतिस्पर्धा गर्ने खेलाडीहरुले टाउको दुखाउनु परेको छ । अहिले ४ लाख ५० हजार कण्डम वितरण गर्नका लागि रियो दि जेनरियामो तयारी अवस्थामा राखिएको छ । अस्टे«लियाका ओलम्पिक खेलाडीहरुले भने अन्य खेलाडीहरुको तुलनामा बढी नै कण्डम खपत गर्नेछन् ।

उनीहरुका लागि १५ सयवटा डबल स्टे«न्थ कण्डम तयार छ । जिका भाइरसको बढ्दो संक्रमणबाट खेलाडीहरुलाई जोगाउन अस्टे«लियाको ओलम्पिक कमिटीले त्यहाँको चर्चित कण्डम उत्पादन कम्पनी स्टारफर्मासँग यस्तो कण्डमका लागि सम्झौता गरिसकेको छ । यस कण्डममा एन्टीभाइरल लुब्रिकेन्टसँगै अन्य थप सुरक्षा उपलब्ध हुनेछ । लामखुट्टैको टोकाइसँगै यौनसम्पर्कबाट पनि जिका भाइरस नसरोस् भन्नका लागि यस्तो गरिएको हो । ओलम्पिक कमिटीका पूर्व उपाध्यक्ष समेत रहेका अस्टे«लियाका पूर्व चर्चित खेलाडी केभान गोस्पारले यसअघि प्रतियोगितामा सहभागि हुने १ सय ३४ खेलाडीहरुलाई खेल सकिएपछि रगत परिक्षण गर्न सुझाव दिएका थिए । त्यसपछि अस्टे«लियाले जिका भाइरसको संक्रमणबाट आफ्ना खेलाडीलाई बचाउन प्रयास थालेको हो । ‘ जिका भाइरस यौन सम्पर्कको माध्यमबाट कुनै पनि महिलाको शरिरमा ६ महिनाभित्र सर्न सक्छ । त्यसैले मैले रियो ओलम्पिकबाट फर्किएपछि रगत परिक्षण गर्न सल्लाह दिन्छु ।’– गोस्पारले भनेका थिए । ओलम्पिक जारी रहदाँ संक्रमित व्यक्तिहरु पनि रंगशाला आउने भएका कारण उनीहरुमार्फत अन्य देशका खेलाडी तथा समर्थकमा जिका भाइरस सर्न सक्ने आशंका गरिएको छ । लामखुट्टेको टोकाइबाट यो रोग सर्ने गर्छ । यो रोगबाट संक्रमित भएको व्यक्तिले यौन सम्पर्क राख्दा गर्भमा रहेको बच्चालाई ठूलो असर गर्छ । त्यसैले आफ्ना श्रीमान् वा प्रेमि लिएर ओलम्पिक हेर्न जानेहरुमाथि विशेष खतरा हुने आशंका गरिएको छ । त्यसैकारण पनि कण्डमको व्यापार बढेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप