नेपाललाई चिनाउन कराँतेको मुख्य भूमिका : विस्ट
पोखरा - राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टले नेपाललाई चिनाउन कराँतेको मुख्य भूमिका रहेको बताएका छन् । ‘खेल जगतमा नेपालको नाम उच्च पार्ने काम कराँतेले गरेको छ,’ उनले भने, ‘हामीले अन्य कुरामा अमेरिकालाई नजितेपनि कराँते खेलमा जित्न सक्छौं ।’
सितोरियो कराँते संघ नेपालको आयोजनामा पश्चिमाञ्चल ग्रेडिङ कार्यक्रमको आइतबार उद्घाटन गर्दै सदस्य सचिव विष्टले पोखरालाई खेल सहरको रुपमा स्थापना गर्न यस्तै कार्यक्रमले टेवा पु¥याउने बताए । ‘पोखरा खेलकुदको उर्वर भूमि हो,’ उनले भने, ‘सबै खेलका लागि विस्तारै पोखरा रंगशालामा भौतिक संरचना बन्दै गएको छ ।’
राम्रो खेलाडी बन्न क्षमता र कला मात्र भएर नहुने विष्टले तर्क दिए । ‘क्षमता र कलाले पक्कै पनि खेलाडीको अपगे्रड होला तर त्यति मात्र सबै कुरा होइन,’ उनले भने, ‘कुशल खेलाडी हुनको लागि अनुशासन र जिम्मेवारी पनि त्यतिकै हुन जरुरी छ ।’
कार्यक्रममा क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले खेलाडीलाई राज्यले विस्तारै सुविधा दिँदै आएको बताए । ‘विगतमा खेलाडीहरुलाई निकै गाह्रो थियो,’ उनले भने, ‘अहिले आएर राष्ट्रका लागि मेडल ल्याउने खेलाडीलाई सेवा सुविधा दिन थालेको छ ।’ पश्चिमाञ्चल क्षेत्रमा विशेष गरी सितोरियो कराँतेले राम्रो स्थान बनाएको उनले बताए । ‘सितोरियोमा राम्रो खेलाडी उत्पादन भएको पाइन्छ,’ उनले भने, ‘यसको विकासको लागि हामी सक्दो पहल गर्ने छौ ।’
सितोरियो कराँते सघ कास्कीको व्यवस्थापनमा जेठ १ गतेबाट सुरु भएको ग्रेडिङ जेठ ५ गतेसम्म संचालन हुने अध्यक्ष सुरेन्द्रकुमार गुरुङले बताए । गे्रडिङमा पश्चिमाञ्चलका विभिन्न जिल्लाबाट २ सय ३७ खेलाडीहरुको सहभागिता छ । जसबाट १ सय ८८ जनाले ब्ल्याक बेल्टको लागि ग्रेडिङ दिदै छन भने सेकेन्ड डानका लागि १२ जना र थड डानको लागि ४७ जना खेलाडीले गे्रडिङ दिने छन् ।
नेपाल कराँते महासंघका प्रमुख प्रशिक्षक महेशकुमार श्रेष्ठ, रेफ्री राजेन्द्र कपाली, कराँते महासंघका सहायक प्रमुख प्रशिक्षक तुलसीकुमार महर्जन, राष्ट्रिय टिमको प्रशिक्षक तथा १० औं सागको स्वर्ण विजेता कुशल श्रेष्ठ ,राष्ट्रिय खेलकुद परिषद् कर्मचारी संघका सदस्य तथा राष्ट्रिय खेलाडी विजय लामा र तारा गुरुङले ग्रेडिङमा सहभागी खेलाडीलाई प्रशिक्षण दिनेछन् । सितोरियो कराँते संघ कास्कीका सल्लाहकार जीवन मल्ल, उपाध्यक्ष धन लामाले सहजीकरणको भूमिका खेलेका छन् ।
सितोरियो कराते संघ कास्कीका अध्यक्ष सुरेन्द्रकुमार गुरुङको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा स्वागत राष्ट्रिय टिमको प्रशिक्षक कुशल श्रेष्ठले गरेका थिए भने कार्यक्रमको सञ्चालन खेलाडी अर्जुन गिरीले गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फुटबल र राजनीतिलाई मिसाउँदिनँ : अर्जेन्टिनी प्रशिक्षक स्कालोनी
-
अलपत्र निर्माण आयोजनाको म्याद एक वर्ष थप्ने सरकारको तयारी
-
सान फ्रान्सिस्कोमा डुङ्गा डुब्दा एक जनाको मृत्यु, दुई जना बेपत्ता
-
राजनीतिमा असम्भव भन्ने कुरा केही हुन्न, सत्ता समीकरण बदलिन पनि सक्छ: जीवनबहादुर शाही
-
शैक्षिक परामर्श व्यवसायीहरूले गरे आन्दोलनको घोषणा
-
मेस्सीले उपाधि जित्दाका साक्षी रेफ्रीलाई विश्वकप सेमिफाइनलको कमाण्ड, ओलिभर र टेलर बाहिरिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण