बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

नेष्डो नेपालको ४७ औँ शाखा भिमादमा

सोमबार, ०३ जेठ २०७३, ०७ : ४६
सोमबार, ०३ जेठ २०७३

तनहुँ – नेष्डो सुचना विभागर राष्ट्रिय शैक्षिक तथा सामाजिक विकास संस्था, नेष्डो नेपालको ४७ औं शाखा तनहुँ जिल्लाको भिमादमा आइतबारदेखि औपचारीक रुपमा सञ्चालनमा आएको छ ।

स्थानीय समुदायको माग, ग्रामीण क्षेत्रमा प्रभावकारी लघु वित्तीय सेवा पु¥याउने नीति एवम् तनहुँ जिल्लाका सवै विपन्न परिवारमा संस्थाको वित्तीय सेवामा पँहुच स्थापित गर्ने लक्ष्य अनुरुप सो शाखा सञ्चालनमा ल्याईएको हो ।

उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि लघुवित्त संघ मिफान नेपालका राष्ट्रिय उपाध्यक्ष एवंम संस्थाका कार्यकारी प्रमुख विश्व प्रकाश प्रसाईले देशको गरिवी न्यूनिकरणमा लघु वित्त क्षेत्रको महत्वपुर्ण भुमिका रहेको बताए । नेष्डो नेपाल ग्रामिण भेगका हरेक गरिब विपन्न परिवारका महिलाहरुलाई घरदैलोमा पुगि चेतना अभिवृद्धी गरि आर्थिक सम्बृद्धीका लागि सेवा प्रदान गर्दे आईरहेको बताए ।

नेष्डो नेपालले वचत तथा ऋणका अलवा सुत्केरी खर्च,क्रिया खर्च, छात्रवृत्ति, आवास मर्मत, कर्जा मिनाहा जस्ता सुविधा दिंदै आएको वताउदै भविस्यमा थप सुविधाहरु प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरे । कार्यक्रम भिमाद शाखाका प्रवन्धक मित्र बहादुर क्षेत्रीको अध्यक्षता, लघु वित्त सेवा प्रमुख विश्ववन्धु प्रसाईको स्वागत, सामुदायिक विकास एवंम मानव शंसाधन प्रमुख लक्ष्मी कुमारी मेधासीको संस्थागत प्रतिज्ञा एवंम रेडियो सम्वृद्ध नेपालका कार्यक्रम संयोजक सन्तोषी सुनारको सञ्चानलमा सम्पन्न भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप