प्रवासमा रहेका खोटाङ्गेद्वारा रेविका बचाउ अभियान
खोटाङ– ट्युमर बढेर मुखै बन्द भएकी खोटाङकी १४ वर्षीया रेविका राईको उपचारका लागि मलेसिया, कतार र जापानमा ‘रेविका बचाउ’ अभियान सुरु गरिएको छ ।
बढ्दै गएको मुखको ट्युमरका कारण बोल्न, खाना खान र हाँस्नै नहुने अवस्थामा पुगेकी रेविकाको उपचारमा सहयोग गर्ने उद्देश्यले मलेसियामा रहनुभएका चिसाङ शेर्पाको पहलमा ‘रेविका बचाउ’ अभियान सुरु गरिएको हो ।
उपचारका लागि हाल भारतको कलकत्ता पु¥याइएकी जिल्लाको पूर्वी गाविस बाँझेच्यानडाँडा–८ की रेविकाको बचाउमा मलेसिया, कतार र जापानमा ‘पीडित बालिका बचाउ’ नामक फेसबुक ग्रुप च्याट सञ्चालनमा ल्याइएको अभियन्ता शेर्पाले जानकारी दिए । रेविकाको चौथो पटकको उपचारका लागि वैशाख २३ गते बुधबार भारतको कलकत्तातर्फ लगिएको छ ।
फेसबुक अभियान सुरु गरिएको चौथो दिनमै रु २३ हजार ८९ सङ्कलन भइसकेको अभियानकर्तामध्येका सूर्य चाम्लिङले जानकारी दिनुभयो । रेविका बचाउका लागि कतारमा दोर्ची शेर्पा र जापानमा फुर्बा शेर्पाले अभियान सञ्चालन गरिरहेका छन् ।
रेविकाको ट्युमरको उपचारका लागि शुभेच्छुकबाट उपचार खर्च जुट्ने क्रम जारी छ । यसअघि शुभेच्छुक श्रवण बम्जनको संयोजनमा कुवेत, अमेरिका, दक्षिण कोरिया, कतार, हङ्कङ, नेदरल्यान्ड, युएइ र काठमाडौँवासी नेपालीबाट सङ्कलन भएको रु चार लाख ४८ हजार ९९२, तेज राईको संयोजनमा सङ्कलन भएको रु एक लाख ११ हजार ११५, युकेवासी धनकुमार राई, कल्पना राई र भोलाविक्रम राईको पहलमा सङ्कलन भएको रु चार लाख ४९ हजार ५७० लगायत सहयोग रकम रेविका परिवारलाई प्राप्त भइसकेको छ ।
लामो समयदेखि क्यान्सर पीडित बनेकी रेविकाको चौथो पटकको उपचारका लागि कलकत्ता लगिएको पारिवारिक स्रोतले जनाएको छ । रेविकाको साथमा आमा सन्ध्या र घरबेटी एलिसा कार्की गएका छन् ।
माथिल्लो दाँत अडिने हाड र गिजाको ट्युमर बढेर ठूलो आकार लिएपछि रेविकाले कष्टपूर्ण दिन बिताइरहेकी छन् । तीन पटकसम्म शल्यक्रिया गर्दा पनि रेविकाको ट्युमर ठीक नभएपछि कलकत्ता लगिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फुटबल र राजनीतिलाई मिसाउँदिनँ : अर्जेन्टिनी प्रशिक्षक स्कालोनी
-
अलपत्र निर्माण आयोजनाको म्याद एक वर्ष थप्ने सरकारको तयारी
-
सान फ्रान्सिस्कोमा डुङ्गा डुब्दा एक जनाको मृत्यु, दुई जना बेपत्ता
-
राजनीतिमा असम्भव भन्ने कुरा केही हुन्न, सत्ता समीकरण बदलिन पनि सक्छ: जीवनबहादुर शाही
-
शैक्षिक परामर्श व्यवसायीहरूले गरे आन्दोलनको घोषणा
-
मेस्सीले उपाधि जित्दाका साक्षी रेफ्रीलाई विश्वकप सेमिफाइनलको कमाण्ड, ओलिभर र टेलर बाहिरिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण