दीपायलमा अखाद्य वस्तु भेटिए
डोटी– दीपायल बजारमा अधिकांश अखाद्य वस्तुको कारोबार बढेको पाइएको छ ।
व्यापारिक दृष्टिकोण र सरकारी प्रयोजनका निम्ति डोटीलगायत सुदूरपश्चिमका नौ जिल्लाको गन्तव्यस्थल रहेको दीपायलमा जिल्ला प्रशासन कार्यालय डोटीको अगुवाइमा गरिएको छड्के बजार अनुगमनले यस्तो प्रमाण फेला परेको हो ।
दीपायलमा रहेका विभिन्न मिष्ठान्न भण्डार, डेरी उद्योग, चाउमिन सेन्टरलगायतका विभिन्न पसलमा म्याद नाघेका वस्तुको कारोबार बढेको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत केशव उपाध्यायले जानकारी दिए ।
आइतबार जिल्ला प्रशासन कार्यालय, पत्रकार, राजनीतिक दलको रोहबरमा गरेको बजार अनुगमनले जोशी पाउरोटी उद्योग, सनातन फुड्स उद्योग राजपुरले उत्पादन गरेको चाउमिन उपभोग्य मिति उल्लेख नगरी बिक्री वितरण गर्ने गरेको पाइएको अधिकृत उपाध्यायले बताए ।
डोटी जिल्लाको मुख्य व्यापारिक केन्द्र रहेको दीपायलमा दैनिक उपभोग्यका सामानसमेत अखाद्य भेटिएका छन् । उपभोग्य मिति मात्रै होइन उत्पादन तथा अधिकतम बिक्री मूल्यसमेत उल्लेख गरिएको छैन ।
ती दुवै उद्योगले उत्पादन गरेका वस्तु राम्रोसँग प्याकिङसमेत गरिएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फुटबल र राजनीतिलाई मिसाउँदिनँ : अर्जेन्टिनी प्रशिक्षक स्कालोनी
-
अलपत्र निर्माण आयोजनाको म्याद एक वर्ष थप्ने सरकारको तयारी
-
सान फ्रान्सिस्कोमा डुङ्गा डुब्दा एक जनाको मृत्यु, दुई जना बेपत्ता
-
राजनीतिमा असम्भव भन्ने कुरा केही हुन्न, सत्ता समीकरण बदलिन पनि सक्छ: जीवनबहादुर शाही
-
शैक्षिक परामर्श व्यवसायीहरूले गरे आन्दोलनको घोषणा
-
मेस्सीले उपाधि जित्दाका साक्षी रेफ्रीलाई विश्वकप सेमिफाइनलको कमाण्ड, ओलिभर र टेलर बाहिरिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण