बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

चट्याङले दुई युवतीको मृत्यु, एक घाइते

सोमबार, ०३ जेठ २०७३, ०८ : ३९
सोमबार, ०३ जेठ २०७३

तनहुँ– जिल्लाको काहुँसिवापुर गाविस–७ बस्ने खेम रानाको घरमा हिजो साँझ चट्याङ पर्दा उनकी १८ वर्षीया छोरी गुलाबी राना र वर्षीया २० मौसमी राना घाइते भएकोमा मौसमी रानाको दमौली अस्पतालमा राति ११ बजे मृत्यु भएको छ ।

गुलाबी राना शक्त घाइते भई थप उपचारका लागि पोखरा पठाइएको जानकारी प्राप्त भएको छ ।

त्यसैगरी सोही वडा निवासी वर्ष ५५ की एनिमाया थापाको घरमा चट्याङ पर्दा घाइते भई अस्पताल लैजाँदै गर्दा बाटौमै मृत्यु भएको छ ।

सोही वडा निवासी ऋषिराम थापाको चट्याङले गर्दा चार वटा गाई, तीन वटा बाख्रासमेत मरेको जिल्ला प्रहरी कार्यालय तनहुँका नायव प्रहरी उपरीक्षक सुरेन्द्रबहादुर गुरुङले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप