लायन्स क्लवको अध्यक्षमा अधिकारी निर्विरोध निर्वाचित
काठमाडौं–लायन्स क्लव काठमाडौं होराइजनको अध्यक्षमा शिव अधिकारी निर्विरोध निर्वाचित भएका छन् । गन्तव्य नेपाल साप्ताहिक एवं गन्तव्य नेपाल न्यूज डटकमका अध्यक्ष अधिकारी सन् २०१६/१७ का लागि अध्यक्षमा निर्वाचित भएका हुन् ।
त्यस्तै प्रथम उपाध्यक्ष मनोजकुमार श्रेष्ठ (भँडेल), द्वितिय उपाध्यक्षमा दुर्गानाथ न्यौपाने (बलराम), सचिवमा टिका भण्डारी, कोषाध्यक्षमा हरिशरण थपलिया, क्लब मेम्बरसिप चेयरपर्सनमा रामकुमार थपलिया निर्वाचित भएका छन् ।
त्यस्तै संस्थापक अध्यक्ष एवं ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष रामशरण थपलिया र पूर्वअध्यक्ष इश्वरी पौडेललाई सल्लाहकारमा चयन गरिएको छ । त्यस्तै क्लब डाइरेक्टर सदस्यहरुमासागर बिष्ट, उपेन्द्रनरसिंह अधिकारी, दिलिप प्रसाद आचार्य, हेमकुमार बिडारी, मुना थपलिया, श्याम बहादुर ढुंगेल निर्विरोध निर्वाचित भएका हुन् ।
लायन्स कल्व इन्टरनेशनल डिष्ट्रिक ३२५ एटू अन्तर्गत लाइनेन्टिक एयर २००२÷२००३ मा लायन रामशरण थपलियाको नेतृत्वमा २२ सदस्यीय कार्यसमितिसहित लायन्स क्लब काठमाडौं होराइजनको स्थापना भएको थियो । स्थापनाकालदेखि क्लवले रक्तदान, भूकम्प पिडितलाई सहयोग, मोतिबिन्दुको अपरेसन, बालबालिकालाई पठन–पाठनका लागि सहयोग जस्ता सामाजिक कार्य गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फुटबल र राजनीतिलाई मिसाउँदिनँ : अर्जेन्टिनी प्रशिक्षक स्कालोनी
-
अलपत्र निर्माण आयोजनाको म्याद एक वर्ष थप्ने सरकारको तयारी
-
सान फ्रान्सिस्कोमा डुङ्गा डुब्दा एक जनाको मृत्यु, दुई जना बेपत्ता
-
राजनीतिमा असम्भव भन्ने कुरा केही हुन्न, सत्ता समीकरण बदलिन पनि सक्छ: जीवनबहादुर शाही
-
शैक्षिक परामर्श व्यवसायीहरूले गरे आन्दोलनको घोषणा
-
मेस्सीले उपाधि जित्दाका साक्षी रेफ्रीलाई विश्वकप सेमिफाइनलको कमाण्ड, ओलिभर र टेलर बाहिरिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण