लुम्बिनी–कपिलवस्तु दिवस अभियान, बेल्जियमले जेनेरल एसेम्बलीको आयोजना गर्ने
लुभेन–विश्व शान्तिका अग्रदुत गौतम बुद्धको शान्ति र अहिंसाको सन्देश विश्वव्यापी रुपमा प्रचार–प्रसार गर्न र बुद्धको जन्मस्थल लुम्बिनी, नेपालको प्रचार–प्रसार गर्दै नेपालको पर्यटन प्रवर्धन गर्ने उद्देश्यले सन् १ डिसेम्वर, २००९ देखि लुम्बिनी–कपिलवस्तु दिवस विश्व अभियान संचालित छ । यो एउटा विश्व शान्ति अभियान हो ।
आजको आतंकवादबाट भयभित भइरहेको विश्वमा शान्ति र सद्भाव कायम गर्न बुद्धको मन्त्र शान्ति, अहिंसा र मानव जीवनका लागि अति उपयोगी सन्देशहरु व्यापक रुपमा प्रचारप्रसार गर्नु थप आवश्यकता बन्दै गएको छ । साथै विश्वमा बुद्धको जन्मस्थल लुम्बिनि, नेपाल उपर भएका भ्रमलाई चिरेर नेपालको राष्ट्रियता र स्वाभिमानलाई उचो बनाउँदै नेपालको पर्यटन प्रवर्धन गर्ने सद्कार्यमा सहयोग गर्न हामी नेपाली सबैले आ–आफ्नो दायित्वबोध गर्नुपर्दछ भन्ने अभियान मान्यता राख्दछ ।
लुम्बिनी–कपिलवस्तु दिवस अभियान, राष्ट्रिय समिति बेल्जियमले आगामी २५६० औं बुद्ध जयन्तीको सन्दर्भमा जेनेरल एसेम्वलीको आयोजना गर्न गईरहेको छ । जेनेरल एसेम्वलीबाट हाल भएको कार्यकारी समितिलाई भंग गरेर नयाँ कार्यकारी समिति चयन गर्न आइतवार, २२ मे २०१६ का दिन अपरान्ह १ः३० बजे बेल्जियमको लुभेनस्थित ओन्स हाउसको सभाहलमा कार्यक्रमको आयोजना गर्ने भएको छ । त्यसपछि यस राष्ट्रिय समितिलाई नाफारहित संगठनको रुपमा कानुनी मान्यता दिने कार्यका लागि अभियान लाग्ने बताईएको छ ।
कार्यक्रममा अभियानका विश्व संयोजक रामकुमार श्रेष्ठले अस्ट्रेलियाबाट प्रतक्ष्य मन्तव्य दिने तयारी भएको छ ।
कार्यक्रमको प्रमुख आतिथ्यता नेपाली राजदुतावास, बेल्जियमले गर्ने तय भएको छ । साथै विशेष अतिथिको रुपमा युरोपियन इन्स्टिच्युट फर एसियन स्टडिजका प्रमुख कार्यकारी अधिकृत एक्सेल गुथल्स, नेपालको तर्फबाट बेल्जियमका लागि अवैतनिक कन्सुल जेनेरल रोजर दि ग्रोएनले सहभागिता जनाउनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फुटबल र राजनीतिलाई मिसाउँदिनँ : अर्जेन्टिनी प्रशिक्षक स्कालोनी
-
अलपत्र निर्माण आयोजनाको म्याद एक वर्ष थप्ने सरकारको तयारी
-
सान फ्रान्सिस्कोमा डुङ्गा डुब्दा एक जनाको मृत्यु, दुई जना बेपत्ता
-
राजनीतिमा असम्भव भन्ने कुरा केही हुन्न, सत्ता समीकरण बदलिन पनि सक्छ: जीवनबहादुर शाही
-
शैक्षिक परामर्श व्यवसायीहरूले गरे आन्दोलनको घोषणा
-
मेस्सीले उपाधि जित्दाका साक्षी रेफ्रीलाई विश्वकप सेमिफाइनलको कमाण्ड, ओलिभर र टेलर बाहिरिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण