बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

‘म त तिम्रै हुँ’ को फस्ट लुक पोस्टर

सोमबार, ०३ जेठ २०७३, ०८ : ५४
सोमबार, ०३ जेठ २०७३

अभिनेत्री सुस्मिता केसीले निर्माण गरेको चलचित्र ‘म त तिम्रै हुँ’ को फस्ट लुक पोस्टर सार्वजनिक गरिएको छ ।

सार्वजनिक फस्ट लुकमा चलचित्रका मुख्य नायक आकाश श्रेष्ठ र नायिका ज्योत्सना योगीलाई देख्न सकिन्छ । अहिलेका स्टार नायक अनमोल केसीको ब्यानरमा निर्माण भएको चलचित्र ‘म त तिम्रै हुँ’ साउन ७ गते बाट देशभर प्रदर्शनमा आउँदैछ ।

चलचित्रमा आकाश र ज्योत्सनाको अलावा सुस्मिता केसी सुशिल काफ्ले, जीवन भट्टराई, अनुपम श्रेष्ठ, सुसन खड्कालगायतको मुख्य अभिनय रहेको छ ।

चलचित्रलाई श्रीराम महतले निर्देशन गरेका हुन् । फिल्ममा सौरभ लामाको छायांकन, कविराज गहतराजको नृत्य निर्देशन, हिमाल केसीको द्वन्द्व निर्देशन, हर्कुलिस बस्नेतको संगीत, कृष्ण आचार्यको पटकथा संवाद रहेको छ ।

सुवास थापाको समेत लगानी रहेको यस चलचित्रको कथा स्वंम सुस्मिताको रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप