बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

गाउँमा बत्ती पुगेपछि नाचगान गरेर खुसीयाली

सोमबार, ०३ जेठ २०७३, ०९ : ०१
सोमबार, ०३ जेठ २०७३

म्याग्दी – म्याग्दीको बरंजा–९ धापुङमा केन्द्रिय प्रशारण लाईनको विद्युत सुविधा विस्तार भएको छ । गाउँमा विद्युत सुविधा विस्तार भएपछि धापुङका बासिन्दाले नाचगान र भजनकिर्तन गरेर खुसीयाली मनाएका छन् । त्यहाँका बासिन्दा सौर्य उर्जा, टुकी र दियालोलाई उज्यालोका लागि प्रयोग गर्दै आएका थिए । विद्युत सुविधा भएपछि बत्ति बाल्न, टेलिभिजन हेर्न, मोबाईल, ल्यापटप चार्ज गर्न, कम्प्युटर चलाउन पाउँदा गाउँलेहरु दंग परेका स्थानीय बासीन्दा प्रेमबहादुर चोचाङ्गीले बताए ।

३५ लाख ३६ हजार रुपैयाँ लागतमा सम्पन्न विद्युतीकरण योजनाबाट बरंजा–९ मा पर्ने धापुङ र महेशगाउँका १०१ घरधुरी लाभान्वित भएका छन् । नेपाल विद्युत प्राधिकरण र जिविसको दशदश लाख, गाविसको सात लाख ५९ हजार र उपभोक्ताको आठ लाख आठ हजार रुपैया लगानीमा आयोजना निर्माण भएको उपभोक्ता समितिका अध्यक्ष मनबहादुर चोचाङ्गीले बताए ।

विद्युतीकरण आयोजना र धापुङमा निर्माण भएको आलुको विउ भण्डारण भवनको शनिबार एक समारोहका बीच जिल्ला कृषि विकास कार्यालयका बागबानि विकास अधिकृत भोजबहादुर थापाले उद्घाटन गरे । आलुको विउलाई सुरक्षित रुपमा भण्डारण गर्ने उद्देश्यले सात लाख ४५ हजार रुपैयाँको लागतमा भवन निर्माण भएको हो ।

स्थानीय बासीन्दाको तीन लाख, जिल्ला कृषि विकास कार्यालयको दुई लाख ७५ हजार, गाविस अन्तरगतको कृषि वन तथा वातावरण समितिको एक लाख र महिला सञ्जालको सत्तरी हजार रुपैयाँ लगानीमा लालीगुराँस कृषि समितीले भवन निर्माण गरेको हो । भवनमा दश मेट्रिक्टन आलुको विउ भण्डारण गर्न सकिने निर्माण समितिका अध्यक्ष दलबहादुर पुनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप