नेपाल पर्यटन बोर्डको अवैतनिक सद्भावना दुतमा नविना बस्नेत नियुक्त
वाशिंगटन डिसी– नेपाल पर्यटन बोर्डले अमेरिकाको डिसी महानगर क्षेत्रमा बसोबास गर्दै आएकी पूर्व–मिस नेपाल युएस द्वितिय विजेता नविना बस्नेतलाई अवैतनिक सद्भावना दुतमा नियुक्त गरेको छ ।
सोमबारदेखि लागु हुने गरि बस्नेतलाई नेपाल पर्यटन बोर्डको अवैतनिक सद्भावना दुतमा नियुक्त गरेको हो । बस्नेतलाई दुई बर्ष अवधिको लागि सद्भावना दुतमा पर्यटन बोर्डले नियुक्ति पत्रप्रदान गरेको छ ।
२००८ देखि अमेरिकाको बसाईमा रहेकी नविनालाई नेपालको पर्यटन उद्योगको प्रबर्धनमा महत्वपूर्ण योगदान गरे बापत सद्भावना दुत नियुक्त गरेको हो ।
नेपालको पर्यटन बोर्डले नेपालको प्राकृतिक तथा सांस्कृतिक निधिलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा अद्वितीय योगदान गर्दै नेपाल पर्यटकको लागि पहिलो गन्तव्य स्थान बनाउन सकारात्मक संदेश पुर्याउन उनले महत्वपूर्ण भूमिका निर्वाह गर्ने छिन भनि नविना बस्नेतलाई जिम्मेवार तोकेको छ ।
अवैतनिक सद्भावना दुत घोषणा भएपछि हर्ष व्यक्त गर्दै बस्नेतले सरकार तथा नेपाल पर्यटन बोर्डलाई बिशेष धन्यवाद दिएकी छिन् ।
उनले भनिन, ‘आफूलाई जुन जिम्मेवार विश्वासको साथ दिएको छ त्यसलाई आफूले पूर्ण ईमान्दारिताका साथ पालना गर्ने बताईन ।’
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा समेत नेपालको पर्यटनको लागि राम्रो काम गर्ने बताउँदै नविनाले आफ्नो निजि संजाल (वेब, नविना बस्नेत डटकम ) समेत सार्बजनिक गरेकी छिन् ।
नविना सन् २०१२ को मिस नेपाल युएस प्रतियोगिता कि प्रशिक्षक, मिसनेपाल यु एस प्रतियोगिता २०११ कि द्वितिय बिजेता तथा २०१४ को मिस नेपाल युएसको प्रतिभा प्रतियोगिताकि प्रमुख निर्णायक भई काम गरिसकेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फुटबल र राजनीतिलाई मिसाउँदिनँ : अर्जेन्टिनी प्रशिक्षक स्कालोनी
-
अलपत्र निर्माण आयोजनाको म्याद एक वर्ष थप्ने सरकारको तयारी
-
सान फ्रान्सिस्कोमा डुङ्गा डुब्दा एक जनाको मृत्यु, दुई जना बेपत्ता
-
राजनीतिमा असम्भव भन्ने कुरा केही हुन्न, सत्ता समीकरण बदलिन पनि सक्छ: जीवनबहादुर शाही
-
शैक्षिक परामर्श व्यवसायीहरूले गरे आन्दोलनको घोषणा
-
मेस्सीले उपाधि जित्दाका साक्षी रेफ्रीलाई विश्वकप सेमिफाइनलको कमाण्ड, ओलिभर र टेलर बाहिरिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण