महाकाली नदीमा डुबेर चालकको मृत्यु
सोमबार, ०३ जेठ २०७३, ०९ : २४
कञ्चनपुर– कञ्चनपुरको झलारी पिपलाडी नगरपालिका नौखरीका ट्र्याक्टर चालक वीरबहादुर डगौराको आइतबार महाकाली नदीमा डुबेर मृत्यु भएको छ ।
महाकाली नदीमा ढुङ्गा ल्याउन गएका चालक डगौरा अत्यधिक पानीको बहावसँगै से१त ७६४८ नम्बरको ट्र्याक्टरसहित डुबेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक केदार खनालले बताए ।
महाकाली नदीको बहाव कम गर्न लगाएर खोजी गर्दा उनको शव ट्र्याक्टरमा अडेको अवस्थामा फेला परेको उनले बताए । मृतक डगौराको शव परीक्षणका लागि महाकाली अञ्चल अस्पतालमा राखिएको छ ।
जबर्जस्ती करणी गरेको आरोपमा पक्राउ
जबर्जस्ती करणी गरेको आरोपमा बर्दियाको राजापुर नगरपालिका–१७ टपराका ३६ वर्षीय विमल चौधरीलाई प्रहरीले आइतबार कञ्चनपुरको झलारी पिपलाडी नगरपालिका–१० बाट पक्राउ गरेको छ ।
दुई दिनअघि टपरा बस्ने १७ वर्षीय युवतीलाई विवाह गर्ने प्रलोभनमा पारी चौधरीले कैलालीको अत्तरियामा जबर्जस्ती करणी गरी फरार भएका थिए ।
पीडित युवतीले प्रहरीमा उजुरी गरेपछि कञ्चनपुरको झलारी पिपलाडी नगरपालिका–१० असैनामा दिदीको घरमा लुकेर बसेको अवस्थामा चौधरीलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक सुदाम रावलले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फुटबल र राजनीतिलाई मिसाउँदिनँ : अर्जेन्टिनी प्रशिक्षक स्कालोनी
-
अलपत्र निर्माण आयोजनाको म्याद एक वर्ष थप्ने सरकारको तयारी
-
सान फ्रान्सिस्कोमा डुङ्गा डुब्दा एक जनाको मृत्यु, दुई जना बेपत्ता
-
राजनीतिमा असम्भव भन्ने कुरा केही हुन्न, सत्ता समीकरण बदलिन पनि सक्छ: जीवनबहादुर शाही
-
शैक्षिक परामर्श व्यवसायीहरूले गरे आन्दोलनको घोषणा
-
मेस्सीले उपाधि जित्दाका साक्षी रेफ्रीलाई विश्वकप सेमिफाइनलको कमाण्ड, ओलिभर र टेलर बाहिरिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण