दिनेश डिसीले गरे रेडियो कार्यक्रमको फेसबुक लाईभ सुरु
काठमाडौँ–पछिल्लो २ महिनादेखि रेडियो कान्तिपुरमा संचालित दिनेश डिसीको घुम्ने मेच नामक ‘टक शो’ को क्रेज बढ्दै गईरहेको बेला डिसीले उक्त कार्यक्रम फेसबुकमार्फत प्रत्यक्ष प्रसारण सुरु गर्दै नयाँ प्रयोगको सुरुवात गरेका छन् ।
नेपालमा कुनै पनि रेडियो कार्यक्रमले फेसवुक लाईभ सुरु गरेको यो पहिलो पटक हो । हरेक शनिवार विहान ९ः१५ बजे प्रसारण हुने यो कार्यक्रम गत जेठ १ गते फेसबुक लाईभको परिक्षण गरिएको थियो ।
उक्त कार्यक्रमलाई फेसबुकमार्फत हेर्ने दर्शकले मन पराएका थिए भने साउण्ड क्वालिटि सुधार्नुपर्ने टिप्पणी समेत गरेका थिए । परिक्षण प्रसारण भएकोले आगामी साताबाट कार्यक्रमलाई क्वालिटि लाईभ गरिने डिसीले बताए ।
हरेक कार्य गर्दा नयाँ सुरुवात गरेर चर्चामा आउन सफल डिसीलाई किन फेसबुक लाईभ सुरु गर्नुभयो भन्ने प्रश्नमा अहिले बिजुलीको समस्याले टिभी हेर्न बत्ती नहुने र रेडियोमा सुन्दा हाउभाउ र अनुहार हेर्न नमिल्ने भएकाले प्रविधिको विकास सँगै यो सुरुवात गरिएको बताए ।
आमजनतालाई आफ्नो कार्यक्रम फेसबुक र युटुबमार्फत भिडियोमा देखाउने बताउँदै डिसीले आम स्रोताको मागअनुसार समयसँगै अर्काे नयाँ थालनी पनि गरिने बताए ।
आगामी साताबाट विश्वभरिका दर्शक स्रोताले फेसबुकमा दिनेश डिसी र घुम्ने मेच पेज लाईक गरी यो कार्यक्रम हेर्न पाउनेछन् । घुम्ने मेच कार्यक्रम अहिले सर्वाधिक स्रोताको रोजाईमा परेको रेडियो कान्तिपुरको एक कार्यक्रम हो । रेडियो सुन्ने बानी नभएका र फेसबुकमा क्रेज भएका व्यक्तिको लागि यो प्रयोग उत्कृष्ट सावित हुने सक्नेछ । पछिल्लो पटक प्रचण्डले प्रत्यक्ष वार्ता गरेपछि घुम्ने मेच चर्चामा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फुटबल र राजनीतिलाई मिसाउँदिनँ : अर्जेन्टिनी प्रशिक्षक स्कालोनी
-
अलपत्र निर्माण आयोजनाको म्याद एक वर्ष थप्ने सरकारको तयारी
-
सान फ्रान्सिस्कोमा डुङ्गा डुब्दा एक जनाको मृत्यु, दुई जना बेपत्ता
-
राजनीतिमा असम्भव भन्ने कुरा केही हुन्न, सत्ता समीकरण बदलिन पनि सक्छ: जीवनबहादुर शाही
-
शैक्षिक परामर्श व्यवसायीहरूले गरे आन्दोलनको घोषणा
-
मेस्सीले उपाधि जित्दाका साक्षी रेफ्रीलाई विश्वकप सेमिफाइनलको कमाण्ड, ओलिभर र टेलर बाहिरिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण