आइतबार सबैभन्दा बढी दुर्घटना !
पोखरा – दुर्घटना कुनै निश्चित समय र स्थान तोकेर हुदैन । दुर्घटना कहाँ कतिबेला हुन्छ यसै भन्न सकिन्न । तरपनि अहिलेसम्मका दुर्घटनाको कारण, प्रकृति र समयको आधारमा प्रहरीले सबैभन्दा बढी दुर्घटना हुने बार र समय सार्वजनिक गरेको छ । पश्चिम क्षेत्रीय प्रहरी कार्यालय पोखराका अनुसार यो क्षेत्रमा सबैभन्दा बढी दुर्घटना आईतवार भएका छन् । प्रहरी नायब महानिरिक्षक कमलसिंह बमका अनुसार चालु आर्थिक बर्षको चैत्र मसान्त सम्म भएका ६१० दुर्घटना मध्य सबैभन्दा बढी आईतवार भएका छन् । वारको आधारमा सवारी दुर्घटना मुल्याङ्कन गर्दा आईतवार भएका दुर्घटनाको संख्या १०३ छ । त्यसपछि मंगलवार ९४, शनिवार र सोमवार ९३/९३ तथा शुक्रवार ८१ , विहिवार र बुधवार ७३÷७३ सवारी दुर्घटना भएका छन् ।
त्यस्तै चालु आर्थिक बर्षमा आएको दुर्घटनालाई समयको आधारमा विष्लेशण गर्दा मध्यान्ह १२ देखि साझ ६ बजेको बीचमा सबैभन्दा बढी दुर्घटना भएका छन् । कुल ६१० दुर्घटनालाई आधार मान्दा यो समयमा २२८ दुर्घटना भएका छन् । साझ ६ देखि राती १२ बजेको विचमा २०३, विहान ६ देखि मध्यान्ह १२ बजे सम्ममा १४६ र राती १२ देखि विहान ६ बजेको विचमा सबैभन्दा कम ३३ दुर्घटना भएका छन् ।
पश्चिमाञ्चलमा पछिल्लो तीन बर्षको दुर्घटना तथ्याङ्कलाई हेर्दा चालु आर्थिक बर्ष अघिल्लो आर्थिक बर्षको तुलनामा १६.९८ प्रतिशतले बृद्धि भएको छ । गत आर्थिक बर्षको तुलनामा यो आर्थिक बर्षमा सवारी दुर्घटनाबाट ज्यान गुमाउनेको संख्या १४.६५ प्रतिशत बढेको छ । यो क्षेत्रमा आर्थिक बर्ष २०७०÷७१ मा सवारी दुर्घटनामा परेर ५०२ जनाले ज्यान गुमाएकोमा गत आर्थिक बर्ष ७१÷७२ मा ४५६ जनाले ज्यान गुमाएका थिए । चालु आर्थिक बर्षको चैत्र मसान्त सम्ममा ३९२ जनाले ज्यान गुमाएको पश्चिम क्षेत्रीय प्रहरी कार्यालय पोखराले जनाएको छ ।
दुर्घटनामा पर्ने सवारीमा मोटरसाईकल सबैभन्दा बढी छन् । कुल दुर्घटनामा संलग्न सवारी मध्य ३८ प्रतिशत मोटरसाईकल रहेको प्रहरी तथ्याङ्कले देखाएको छ । चालकको लपरवाहीले सबैभन्दा बढी दुर्घटना हुने गरेको प्रहरीले जनाएको छ । अहिलेसम्मको दुर्घटनालाई आधार मान्दा ५० प्रतिशत दुर्घटना चालकको लापरवाहीको कारण भएको छ । त्यसपछि ३१ प्रतिशत दुर्घटना तिब्र गतिको कारण भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फुटबल र राजनीतिलाई मिसाउँदिनँ : अर्जेन्टिनी प्रशिक्षक स्कालोनी
-
अलपत्र निर्माण आयोजनाको म्याद एक वर्ष थप्ने सरकारको तयारी
-
सान फ्रान्सिस्कोमा डुङ्गा डुब्दा एक जनाको मृत्यु, दुई जना बेपत्ता
-
राजनीतिमा असम्भव भन्ने कुरा केही हुन्न, सत्ता समीकरण बदलिन पनि सक्छ: जीवनबहादुर शाही
-
शैक्षिक परामर्श व्यवसायीहरूले गरे आन्दोलनको घोषणा
-
मेस्सीले उपाधि जित्दाका साक्षी रेफ्रीलाई विश्वकप सेमिफाइनलको कमाण्ड, ओलिभर र टेलर बाहिरिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण