पोखराका गुरुङको शव जापानको जङ्गलमा भेटियो
जापान - कुक भिषामा सात वर्षअघि जापान आएका पोखरा ढिकुरपोखरी–६ का ३८ वर्षीय बुद्धिबहादुर गुरुङको शव टोकियोबाट ३० किलोमिटर दूरीमा रहेको चिवा अञ्चलको नागारेया जङ्गल क्षेत्रमा बेवारिसे अवस्थामा भेटिएको छ । मृतकको हुलिया र पारिवारिक प्रमाणलगायतका आधारमा लामो अनुसन्धानपछि चिवा प्रहरीले आइतबार मात्रै पोखराका गुरुङ भएको पुष्टि गरेको हो । ढिलो गरी प्राप्त समाचारअनुसार तीन साताअघिदेखि सम्पर्कविहीन भएका गुरुङको शव मृत्यु भई सडेर सनाखत गर्न नसकिने अवस्थामा गत बिहीबार भेटिएको थियो । प्रहरीका अनुसार गुरुङको घा“टीमा गहिरो दाग देखिएपछि डिएनए परीक्षण गरिएको थियो । डिएनए र परीक्षण रिर्पाेटबाट आत्महत्या गरेको पुष्टि पछि शव आफन्तले जिम्मा लिएको प्रहरीले जनाएको छ । गुरुङले के कारणले आत्महत्या गरे भन्नेबारे खुल्न सकेको छैन । दुई छोराछोरी र श्रीमती रहेका गुरुङ हालैमात्र जापान आएकी श्रीमतीसँगै इवाराकीमा बस्दै आएका थिए । छोरा र छोरी पोखरा घरमै रहेको बताइएको छ । तमुधी जापानका पूर्वअध्यक्ष भीम गुरुङले मृतक गुरुङको शव मे २२ तारिक आइतबार बिहान ११ बजे जापानकै स्थानीय खासिवाको फुनेरल टान्सपोटेसन शव गृहमा अन्त्येष्टि गरिने जानकारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फुटबल र राजनीतिलाई मिसाउँदिनँ : अर्जेन्टिनी प्रशिक्षक स्कालोनी
-
अलपत्र निर्माण आयोजनाको म्याद एक वर्ष थप्ने सरकारको तयारी
-
सान फ्रान्सिस्कोमा डुङ्गा डुब्दा एक जनाको मृत्यु, दुई जना बेपत्ता
-
राजनीतिमा असम्भव भन्ने कुरा केही हुन्न, सत्ता समीकरण बदलिन पनि सक्छ: जीवनबहादुर शाही
-
शैक्षिक परामर्श व्यवसायीहरूले गरे आन्दोलनको घोषणा
-
मेस्सीले उपाधि जित्दाका साक्षी रेफ्रीलाई विश्वकप सेमिफाइनलको कमाण्ड, ओलिभर र टेलर बाहिरिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण