बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

सुनखानीको सम्भावना देखियो

सोमबार, ०३ जेठ २०७३, ११ : २७
सोमबार, ०३ जेठ २०७३

हेमन्त–यहाँको सदरमुकाम खलंगाको धल्दामा सुन खानीको सम्भावना देखिएको छ ।विगत पाँच महिनादेखि चिनियाँ प्राविधिकले डेढ सय फिट तलसम्मको अवस्थाको अध्ययन गरिरहेको बताएका छ । ड्रिल गरेर निकालिएका विभिन्न खनिज तथा कंक्रिट चीन पठाएर आवश्यक अनुसन्धान गर्ने काम भइरहेको चिनियाँ नागरिक सङपिङले दोभासे मार्फत बताए । ‘अहिलेसम्मको अवस्था सकारात्मक देखिएकाले हामीले अझै लगानी गर्ने निधो गरेका छौं’, उनले भने । यस कार्यका लागी पहिलो चरणमा करिब ६ करोडसम्म खर्च हुने छ । वेगप्रसाद अर्याल सुनखानी खोजतलास कम्पनी धरान ७ सुनसरीको नामबाट काम गरिरहेका चिनियाँ प्राविधिकले सुन खानीको सम्भावना औल्याएका हुन् । प्राविधिक समेत रहेका चिनियाँ नागरिक सङपिङले सुनखानीको सम्भावना देखिएको बताए । खानी तथा भूगर्भ विभागबाट सुनखानीको खोजतलासको अनुमति लिएर कम्पनीको नामवाट चाइनिजले काम गरिरहेको स्थानीय प्रशासनले बताएको छ । चिनियाँ नागरिक सङपिङको नेतृत्वमा स्थानीय मजदुरलाई संलग्न गराएर काम गरिरहेको छ । सुन खोजतलास गर्ने स्थल धल्लामा विभिन्न उपकरण जडान गरिरहेको प्रहरी नायब उपरीक्षक दानबहादुर मल्लले जानकारी दिनुभयो । कम्पनीले खोजतलासकोे काम पुनः सुरु गर्न अझै केही समय लाग्ने मल्लको भनाइ छ । उनीहरूले यतिबेला आफ्नै लगानीमा खानी स्थलसम्म पुग्ने करिब २ किलोमिटर बाटो बनाएका छन् । उनीहरूले आफ्नै स्काइभेटर ल्याउने तयारी गरिरहेको जनाएका छन् । हाल नदीको बगरमै सुन खोजी गरिरहेको कम्पनीले भेरी नदीलाई नै डाइभर्सन गरेर वर्षात्को समयमा पनि नियमित काम गरी रहने जनाएको छ । स्थानीयको आग्रहमा ५ किमी धल्ला , इउरी भेलाले मोटर बाटोको स्तरोन्नति र राम जानकी प्राविको चार कोठे भवन निर्माण गरिदिने खोजतलास कम्पनीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप