बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

अपडेटः माइतीघरमा प्रहरी र प्रदर्शनकारीबीच झडप, ४ प्रदर्शनकारी घाइते

सोमबार, ०३ जेठ २०७३, ११ : ४२
सोमबार, ०३ जेठ २०७३

काठमाडौं–संघीय गठवन्धनले गरेको सिंहदरबार घेराउको दोस्रो दिन प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । आन्दोलनकारीले प्रहरी घेरा तोडेर अघि बढ्न खोज्दा झडप भएको सहकर्मी भरत पाण्डेले जनाएका छन् । झडपका क्रममा ४  आन्दोलनकारी  घाइते भएको पनि उनले बताए ।

घाइते हुनेहरुमा संघीय समाजवादी विद्यार्थी फोरमका उपमहासचिव विजेश यादव, संघीय लिम्बुवान पार्टी नेपालका झापा  सदस्य सन्तोस तुम्बाम्पो, सोनाहाङ राई र अमन धिमाल  रहेका छन् । उनीहरुको वीर ट्रमा सेन्टरमा उपचार भइरहेको छ।

अहिले पनि माइतीघर क्षेत्रमा तनाव  छ । हिजोको तुलनामा आज प्रदर्शनकारी कम रहेका छन् भने सुरक्षाकर्मी पनि कम परिचालन गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप