बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

सिरहाका ४० हजार विद्यार्थीको हातमा पुस्तक छैन

सोमबार, ०३ जेठ २०७३, ११ : ५१
सोमबार, ०३ जेठ २०७३

सिरहा– नयाँ शैक्षिक सत्र सुरु भए पनि सिरहामा भने चालिस हजारभन्दा बढी विद्यार्थीले पुस्तक पाएका छैनन् । जिल्ला शिक्षा कार्यालयले कोही पनि विद्यार्थी नछुटून् भनेर विद्यार्थी अभियानलाई तीव्रता दिइएको तर भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी पुस्तकविहीन छन् । सिरहा मा सामुदायिक चार सय ६ संस्थागत (निजी) दुई सय धार्मिक चालिस गरी छ सय ४६ विद्यालय छन् । शिक्षा कार्यालयका अनुसार कक्षा १० सम्म दुई लाख आठ हजार विद्यार्थी छन् । तीमध्ये सामुदायिक विद्यालयमा एक लाख २५ हजार, निजी विद्यालयमा ७१ हजार पाँच सय र अन्यमा १० हजार ६०० विद्यार्थी छन् । निजी विद्यालयले पु्स्तकको चाँजोपाँचो मिलाइसकेका छन् । सामुदायिक विद्यालयमा भने कक्षा ६ देखि १० सम्म पुस्तकको चरम अभाव देखिएको छ । जिल्ला शिक्षा कार्यालय सिरहाका सुचना अधिकृत डिलिराज अधिकारिका अनुसार जनक शिक्षा सामग्री केन्द्रले नै पुस्तक नपठाउँदा समस्या भएकाले जति सक्दो चाँडो सहज बनाउने गरी दबाब दिइएको बताए । उनका अनुसार सिरहामा एकलाख सेट पुस्तकको माग भए पनि २१ हजार ५०० मात्रै प्राप्त भएको छ । सुचना अधिकृत डिलिराज अधिकारिका अनुसार सिरहाका करिब एकसय १६ अ‍ोटा विद्यालयले विद्यार्थी सख्यापनि नपठएको जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप