बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

कोलम्बियामा अहिलेसम्मकै ठूलो परिणाममा कोकेन बरामद

सोमबार, ०३ जेठ २०७३, ११ : ५५
सोमबार, ०३ जेठ २०७३

कोलम्बिया – कोलम्बियाको प्रहरीले अहिलेसम्मकै ठूलो मात्रामा लागुऔषध कोकेन बरामद गरेको छ । बिबिसीका अनुसार बरामद गरिएको कोकेनको तौल ८ टन रहेको छ ।

त्यहाँको उत्तर–पश्चिमी नगर टर्बोको छेउमा रहेको केरा फरममा लुकाइएको अवस्थामा लागुऔषध फेला पारिएको हो ।

‘टर्वोमा गरिएको अपरेसनमा हाम्रो इतिहासमै सबैभन्दा ठूलो मात्रामा लागुऔषध बरामद गरिएको छ,’ राष्ट्रपति हुवान म्यानुअल सान्तोषले प्रहरी अधिकारीहरुलाई बधाई दिँदै ट्वीट गरेका छन् ।

प्रहरीका अनुसार ती लागुऔषध क्लान उसुगा नामक आपराधिक समूहको हो । छापा मार्दा ३ जनालाई पक्राउ गरेको र एक जना भने भाग्न सफल भएको प्रहरीले जारी गरेको विज्ञप्तिमा बताइएको छ ।

बरामद गरिएका लागुऔषधमध्ये १.५ टन बजारमा पठाउन तयारी अवस्थामा रहेको रक्षामन्त्री लुइस कार्लोस भिलेगासले बताए ।

क्लन उसुगा नामक समूह लागुऔषध कारोबारीमा संलग्न रहँदै आएको र फिरौती, अवैद्य उत्खनन्, हत्या लगायतमा पनि हात रहेको बताइएको छ ।

पछिल्ला ५ वर्षमा समूहमा ६,७०० जनालाई पक्राउ गरिसकेको छ । प्रहरीका अनुसार समूहमा हाल २ हजार सक्रिय सदस्य रहेका छन् ।

कोलम्बियामा क्लान उसुगासँगै लोस पेलुसोस र लोस पुन्टिलेरोस नामक आपराधिक समूहहरु सक्रिय रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप