बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

चट्याङ लागेर मृत्यु भएका परिवारलाई ४० हजार राहत दिइने

सोमबार, ०३ जेठ २०७३, १२ : ३०
सोमबार, ०३ जेठ २०७३

तनहुँ - आइतबार चट्याङ लागेर मृत्यु भएका दुईजनाको परिवारलाई जनही रु ४०–४० हजारका दरले तत्कालका लागि राहत दिइने भएको छ । मृतकका परिवारलाई उक्त रकम तत्कालका लागि राहतस्वरुप दिने निर्णय भएको जिल्ला दैवी प्रकोप उद्धार समितिका अध्यक्ष एवम् तनहुँका प्रमुख जिल्ला अधिकारी पुरुषोत्तम कुँवरले जानकारी दिए । आइतबार चट्याङ लागेर तनहुँको काहुशिवापुर गाविस–७ बस्ने २० वर्षीया मौसम राना र सोही ठाउँ बस्ने ५५ वर्षीया यनीमाया थापाको मृत्यु भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप