बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

माइतीघरमा फेरि झडप

सोमबार, ०३ जेठ २०७३, १२ : ४६
सोमबार, ०३ जेठ २०७३
काठमाडौं– संघीय गठबन्धनका कार्यकर्ता र प्रहरीबीच फेरि झडप भएको छ । नाराबाजीसहित गठबन्धनका कार्यकर्ता माइतीघर हुँदै सिंहदरबारतर्फ अघि बढ्ने क्रममा दुई पक्षबीच झडप भएको हो । दुई पक्षबीच घचेटाघटेच चल्दै गर्दा प्रहरीले लाठीचार्च सुरु गरेको सहकर्मी भरत पाण्डेले जनाए । यसअघि बिहान पनि दुई पक्षबीच झडप भएको थियो । झडपको क्रममा चार आन्दोलनकारी घाइते भएका थिए । उनीहरुको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप