बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

मस्जिदमा पढाएर फर्किने क्रममा लडेर एकको मृत्यु

सोमबार, ०३ जेठ २०७३, १३ : ०२
सोमबार, ०३ जेठ २०७३

राजविराज - कुरान पढाएर फर्किने क्रममा बेहोस भएर एकजना व्यक्तिको गएराति लडेर मृत्यु भएको छ ।

सुनसरीको दुहवी–५ निवासी ४५ वर्षीय अवदुल मोहिद मोलानाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनी सप्तरीको कोलाडीस्थित मस्जिदमा कुरान पढाएर घर फर्किने क्रममा बेहोस भई लडेका थिए ।

बेहोस भएका उनलाई राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचारका लागि भर्ना गरे पनि उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ

जबर्जस्ती करणी गर्ने चौधरी पक्राउ

जबर्जस्ती करणी गरेको आरोपमा सप्तरीको कञ्चरुप नगरपालिका–११ स्थित ठेलियाबाट एकजना व्यक्तिलाई आज बिहान प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय कञ्चनपुरको टोलीले सोही ठाउँका ४६ वर्षीया भोगेन्द्र चौधरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

चौधरीले सोही ठाउँकी ३५ वर्षीया एक महिलालाई २०७१ चैत २१ गते घरमा कोही नभएको मोैका छोपी जबर्जस्ती करणी गरी फरार भएका थिए ।

पीडित महिलाले दिएको उजुरीका आधारमा खोजतलास गर्दा चौधरीलाई आज घरबाटै पक्राउ गर्न सफल भएको प्रहरी निरीक्षक गौरव महतले बताए ।

साथै सोही घटनाका अन्य दुईजना अभियुक्त फरार रहेको र उनीहरुको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप