आन्दोलन होइन वार्ता गरौं : उपप्रम गच्छदार
विराटनगर - उपप्रधानमन्त्री विजयकुमार गच्छदारले वार्ताबाट नै समस्याको समाधान हुने उल्लेख गर्दै सरकारले पटकपटक वार्तामा आउन आग्रह गरेकाले आन्दोलनमा जान नहुने धारणा राखेका छन् ।
विराटनगर विमानस्थलमा आज सङ्घीय गठबन्धनको आन्दोलनको सन्दर्भमा पत्रकारको जिज्ञासामा उनले सो कुरा बताएका हुन् । संसदीय नियमावली सहमतिमै बनाउने प्रयास अन्तिम समयसम्म जारी रहने बताए । सञ्चारकर्मीहरुसँग सङ्क्षिप्त कुराकानी गर्दै सत्तापक्ष र प्रतिपक्षबीच संसदीय नियमावली सहमतिमै बनाउनुपर्ने विषयमा मतदान प्रक्रियामा जानुअघिसम्म पनि प्रयास जारी राखिने बताए ।
सहमतिबाट नै संविधान कार्यान्वयनका लागि संसदीय नियमावली सहमतिमा जारी भएको अवस्थामा सकारात्मक सन्देश जनताबीच जाने भएकाले यस विषयमा सोच्न प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसलाई आग्रह गरे ।
उनले संविधानमा तोकिएबमोजिम संसदीय सुनुवाइ समितिको सङ्ख्या निर्धारण हुनुपर्ने उल्लेख गर्दै सो समितिले अविश्वास प्रस्ताव उच्चपदस्थ संविधान निकायका प्रमुख र राजनीतिक निकायका प्रमुखलाई महाअभियोग प्रस्तावको सन्दर्भमा नेपाल सरकारले गरेको निर्णयलाई सो समितिले दुई तिहाइको बहुमतले बदर गर्न सकिने स्पष्ट गरे ।
उनले स्थानीय निकायको निर्वाचन गराउन सरकार तयार रहेको र काँग्रेस तथा मधेसी मोर्चालाई निर्वाचनका लागि सकारात्मक हुनुपर्ने विषयमा जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फुटबल र राजनीतिलाई मिसाउँदिनँ : अर्जेन्टिनी प्रशिक्षक स्कालोनी
-
अलपत्र निर्माण आयोजनाको म्याद एक वर्ष थप्ने सरकारको तयारी
-
सान फ्रान्सिस्कोमा डुङ्गा डुब्दा एक जनाको मृत्यु, दुई जना बेपत्ता
-
राजनीतिमा असम्भव भन्ने कुरा केही हुन्न, सत्ता समीकरण बदलिन पनि सक्छ: जीवनबहादुर शाही
-
शैक्षिक परामर्श व्यवसायीहरूले गरे आन्दोलनको घोषणा
-
मेस्सीले उपाधि जित्दाका साक्षी रेफ्रीलाई विश्वकप सेमिफाइनलको कमाण्ड, ओलिभर र टेलर बाहिरिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण