Update : आन्दोलनकारीद्वारा सर्वसाधारणमाथि निर्घात कुटपिट
काठमाडौं–सिंहदरबार घेराउ गर्न भन्दै माइतीघरमा भेला भएका संघीय गठबन्धन सम्बद्ध आन्दोलनकारी अराजक देखिएका छन् । उनीहरुले आन्दोलनरत स्थल हुँदै हिड्ने सर्वसाधारणमाथि ‘भिजिलान्ते’को आरोप लगाएर निर्घात कुटपीट गरेका छन् । संघीय गठबन्धनका कार्यकर्ताले माइतीघरमा भिजिलान्तेको आरोप लगाउँदै अर्घाखाँची धनीवनका प्रकाश अधिकारी र रामप्रसाद सापकोटामाथि निर्घाट कुटपीट गरेका छन् । माइतिघर क्षेत्रमा रहेका रातोपाटीकर्मी भरत पाण्डेयका अनुसार आन्दोलनकारीको कुटाइबाट अधिकारी र सापकोटा भएका छन् । उनीहरुलाई आन्दोलनकारीले कुट्दै गर्दा प्रहरीले हस्तक्षेप गरेर उद्दार गरेको थियो । प्रकाशको टाउकोका साथै शरीरभर चोट लागेको छ भने सापकोटाको आँखामा चोट लागेको अवस्थामा अन्नपूर्ण अस्पतालमा उपचार भइरहेको छ । यता प्रकाशलाई भने प्रहरीले लिएर गएको छ । प्रत्यक्षदर्शीका अनुसार माइतीघरबाट सिंहदरबार जाँदै गर्दा आन्दोलनकारीले भिजिलान्ते भन्दै उनीहरुमाथि आक्रमण गरेका थिए । केहि आन्दोलनकारीले सर्वसाधारण भएको भन्दै छाडिदिन भनेपनि भीडमा रहेका केहि अराजक समुहले भने कुटपीट गर्न सुरु गरेका थिए । घाइतेमध्ये प्रकाश त्रिचन्द्र क्याम्पसमा बीएससी अध्ययनरत हुन् भने सापकोटा जापान जाने तयारीमा भाषा कक्षा लिँदै थिए । यसअघि एक सेक्युरिटी गार्ड अच्युत ढुंगानामाथि पनि आन्दोलनकारीले कुटपीट गरेको प्रत्यक्षदर्शीले बताएका छन् । यसैबीच माइतीघर क्षेत्रमा प्रहरी र आन्दोलनकारीबीच दुई पटक झडप भइसकेको छ। हिजो सिंहदरबार घेराउ शान्तिपूर्ण भएपनि आज भने अवस्था तनावमय बनेको हो । यद्यपी हिजोको तुलनामा आज प्रदर्शनकारी कम रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फुटबल र राजनीतिलाई मिसाउँदिनँ : अर्जेन्टिनी प्रशिक्षक स्कालोनी
-
अलपत्र निर्माण आयोजनाको म्याद एक वर्ष थप्ने सरकारको तयारी
-
सान फ्रान्सिस्कोमा डुङ्गा डुब्दा एक जनाको मृत्यु, दुई जना बेपत्ता
-
राजनीतिमा असम्भव भन्ने कुरा केही हुन्न, सत्ता समीकरण बदलिन पनि सक्छ: जीवनबहादुर शाही
-
शैक्षिक परामर्श व्यवसायीहरूले गरे आन्दोलनको घोषणा
-
मेस्सीले उपाधि जित्दाका साक्षी रेफ्रीलाई विश्वकप सेमिफाइनलको कमाण्ड, ओलिभर र टेलर बाहिरिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण