मधेसीहरुको माग अब एक प्रतिशत पनि बाँकी छैनः पर्यटनमन्त्री
काठमाडौ– सस्कृति, पर्यटन तथा नागरक उड्ययन मन्त्री आनन्दप्रसाद पोख्रेलले आन्दोलनरत मधेसी मोर्चाले उठाएको कुनै पनि माग पुरा गर्न बाँकी नरहेको दावी गरेका छन् । रिपोर्टर्स क्लब नेपालले सोमबार आयोजना गरेको साक्षात्कारमा उनले भने,‘ मधेसी मोर्चाको एक प्रतिशत माग पनि पुरा हुन बाँकी छैन । उहाँहरुको आग्रह मात्रै हो, आग्रहलाई सरकारले संबोधन गर्न सक्दैन ।’ मन्त्री पोख्रेलले उनीहरुले मागे जस्तो मधेसमा दुई प्रदेश हुने री सिमांकन हुनै नसक्ने स्पष्ट पार्दै हिमाल, पहाड र तराई छुट्याएर प्रदेश नबने ठोकुवा गरे । संघीय गठबन्धनले जारी राखेको सिंहदरवार घेराउ लगायतका आन्दोलनले नेपालको पर्यटन क्षेत्रलाई कुनै असफल नपार्ने दावी गर्दै भने,‘ नेपालको पर्यटन क्षेत्र आन्दोलनबाट अभ्यस्त भईसक्यो । यसले अब केही असर गर्दैन । तपाईले अहिले हेर्नु भयो भने पनि थाहाँ हुन्छ नेपालको कुनै पनि होटलमा कोठा खाली छैनन । पर्यटन सजिलोको लागि मात्रै हुँदै खतराकोलागि पनि हुन्छ ।’ मन्त्री पोख्रेलले सरकारले जेठ ६ बाट ८ गतेसम्म गर्न लागेको अन्तर्राष्ट्रिय बुद्धिष्ट गोष्ठी बुद्ध नेपालमा जन्मिएका हुन भन्ने मात्रै नभई बुद्ध दर्शनको उद्गम स्थान नै नेपाल भएको पुष्टि गर्न भएको भन्दै गोष्ठीमा यसै विषयमा छलफल भएर घोषणा पत्र समेत जारी हुने जानकारी दिए । उनले भने,‘ बुद्ध जन्मेका मात्रै होईन, जन्मिने वित्तिकै केही पाईला हिडे त्यो दैवीय शक्तिकै कारण हो । उनले सानैमा बुद्ध दर्शन लुम्बिनीमा बाडेका छन । उनले केवल बौद्धगयामा आफूले बुद्धत्व प्राप्त गरेको घोषणा मात्रै गरेका हुन । त्यस्तै बुद्धका पहिलो चेला पञ्चबुद्ध कपिलबस्तुकै थिए , महिला भिक्षु उनकै श्रीमति थिईन, त्रिरत्न र तीन याद नेपालबाटै सुरु भएको हो । त्यसैले हामी चुकेका छौ । बुद्धत्वको उद्गभ भूमि नेपाल नै हो । गोष्ठीले यही कुरा पुष्टि गर्छ ।’ मन्त्री पोख्रेलले बौद्धगया बुद्धले बुद्धत्व प्राप्त गरेको नभई बुद्धत्व प्राप्तिको घोषणा गरेको स्थान मात्रै भएको दावी गर्दै बुद्धत्वको उदगम थलो नेपाल भएको मान्यता स्थापित गर्न सके यसले नेपालको पर्यटन क्षेत्रमा आमुल विकास गर्ने विश्वास ब्यक्त गरे । उनले अन्तर्राष्ट्रिय बुद्धिष्ट गोटीमा अहिलेसम्म २१ मुलुकका भिक्षुहरु आउने निश्चित भईसकेको र सरकारले निम्ता गरेको सबै मुलुकबाट सरकारी प्रतिनिधि र भिक्षुहरु आउने जानकारी दिदै भारतबाट दुई जना सरकारी अधिकारीसहित भिक्षुहरु, चीनबाट सरकारी अधिकारीसहित २६ भिक्षुहरु, श्रीलंकाबाट सस्कृति मन्त्री र भिक्षुहू, थाईलैण्ड, जापान, बर्मा,अमेरिका, बेलायत, लिथुवानीया लगायतका मुलुकबाट सरकारी अधिकारीहरु सहभागि हुने बताए । मन्त्री पोख्रेलले बुद्धमाथि अहिलेसम्म अन्याय भएकोले न्याय गर्न सरकारलागि परहेको भन्दै बुद्धको मान्यता स्थापित गरेर बुद्ध अर्थतन्त्र अनुसार नै मुलुकको आर्थिक विकास अघि बढाउने बताए । भारतले पनि कपिलबस्तु बनाउँदै छ नि भन्ने सञ्चारकर्मीहरुको जिज्ञासामा उनले यथार्थ भन्दा बाहिर गएर कस्ले के बनाउँछ भन्ने कुराको अर्थ नहुने दावी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फुटबल र राजनीतिलाई मिसाउँदिनँ : अर्जेन्टिनी प्रशिक्षक स्कालोनी
-
अलपत्र निर्माण आयोजनाको म्याद एक वर्ष थप्ने सरकारको तयारी
-
सान फ्रान्सिस्कोमा डुङ्गा डुब्दा एक जनाको मृत्यु, दुई जना बेपत्ता
-
राजनीतिमा असम्भव भन्ने कुरा केही हुन्न, सत्ता समीकरण बदलिन पनि सक्छ: जीवनबहादुर शाही
-
शैक्षिक परामर्श व्यवसायीहरूले गरे आन्दोलनको घोषणा
-
मेस्सीले उपाधि जित्दाका साक्षी रेफ्रीलाई विश्वकप सेमिफाइनलको कमाण्ड, ओलिभर र टेलर बाहिरिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण