बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

धुर्मुस–सुन्तलीले यसरी बनाउँदैछन् एकीकृत बस्ती (भिडियोसहित)

सोमबार, ०३ जेठ २०७३, १५ : १३
सोमबार, ०३ जेठ २०७३

काठमाडौं–वैशाख २९ देखि सुरु भएको गिरान्चौर एकीकृत बस्ती निर्माणको कामतिव्र गतिमा अघि बढेको छ । दशैँ अगाडी नै बस्ती हस्तान्तरण गर्ने लक्ष्यका साथ बस्ती निर्माणको कामतिव्र रुपमा अघि बढाएको धुर्मुस सुन्तली फाउण्डेशनले जनाएको छ । स्थानीयबासीसँगै हाँस्यकलाकार सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) समेत बस्ती निर्माणमा बिहान सबेरैदेखि बेलुका ११ बजेसम्म खटिरहेका छन् । साप्ताहिक रुपमा प्रसारण हुँदै आएको हाँस्य टेलिश्रृंखला(मेरी बास्यै) समेत गिरान्चौरमै छाँयाकन गरेर बस्ती निर्माणमा सकेसम्म बढी समय दिइरहेको फाउण्डेशनकाअध्यक्षसिताराम कट्टेलले बताएका छन् । सिन्धुपाल्चोकको मेलम्ची ८ गिरान्चौरमाएकिकृत बस्ती बनाउन अहिले भूकम्पले भत्काएको भग्नावशेष हटाउने र जग्गा सम्याउने कामभइरहेको छ । बस्ती निर्माणको कामतिव्र गतिमा अघि बढ्दै गर्दा आर्थिक सहयोग जुट्ने क्रमपनिजारी रहेको फाउण्डेशनकी कोषाध्यक्ष कुञ्जना घिमिरेले जानकारी दिएकी छिन् । हालसम्म फाउण्डेशनको खातामा गिरान्चौर बस्ती निर्माणका लागि सहयोगी हातहरुबाट २७लाख ५४ हजार रुपैँयाआर्थिक सहयोग प्राप्तभएको उनले बताएकी छिन् । यस्तै गोफण्डमी मार्फत करिब १६ लाख रुपैँया बस्ती निर्माणका लागिसहयोग जुटेको उनको भनाई छ । श्रमदानसहित चार करोड बढी लागतलाग्ने अनुमानगरिएको बस्ती निर्माणका लागि अझै थुप्रै सहयोगी हातको जरुरी रहेको उनको भनाई छ । आर्थिक सहयोगसँगै बस्ती निर्माणका लागिजो कोहिले सिमेन्ट, रड, गिट्टी, बालुवा, जस्ता, खाद्यान्नलगायतका सामग्रीपनि सहयोग गर्न उनीहरुले अपील गरेका छन् । जति छिट्टो सहयोग जुट्यो त्यति नै छिटो भूकम्प पिडितले नयाँ घर पाउने उनीहरुको भनाई छ । काम सुरु गरिसक्यौँ अहिले सम्म जुटेको सहयोग बस्ती निर्माण सम्पन्नगर्न अपुग छ,यद्यपीसहयोग जुट्ने आँट र विश्वासले गिरान्चौर एकिकृत बस्ती निर्माणलाई रातदिननभनी खटेर तिव्र गतिमा अघि बढाइरहेका छौँ, धुर्मुसले भने ।

हेर्नुहोस् भिडियो

https://www.youtube.com/watch?time_continue=1&v=1IHX5Om4qSA

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप