बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

गहुँको उत्पादन आधा घट्यो, किसानको लगानी उठेन

सोमबार, ०३ जेठ २०७३, १५ : १७
सोमबार, ०३ जेठ २०७३

भक्तपुर – भक्तपुर नगरपालिका वडा नं. २ जेँलाका किसान गणेश भक्त गोसाँइ लामो समय देखि खेतीपाती गरेनै परिवार पाल्दै आएका छन् । भुकम्पले घर भत्किएर स्थायी टहरोमा ६ जनाको परीवार कष्ठकर दैनिक बिताएको एक वर्ष भयो । उनका तिन बालबच्चाहरु पढ्दै छन् । गणेश र उनी श्रीमती सधै कृषी पेशा गर्न घर भन्दा पर ३० मिनेटको दुरीमा रहेको भक्तपुर नगरपालीका वडा नं.४ मा रहेको खेतमा दैनीक काम गर्दछन् । यो वर्ष हिउदँमा पर्याप्त मात्रमा वर्षा नहुदाँ गहुँको उत्पादन आधा घटेपछि गणेश जस्तै भक्तपुरका धेरै किसानलाई लगानी उठाउन समेत समस्या भएको छ । गत वर्ष ४ रोपनी खेतमा ७ मुरी भएको गणेश भक्त यसपाली भने मुस्किलले ३ मुरी मात्र भएको बताए । रातोपाटीसंग कुरा गर्दै उनले भने ‘ मल, बिऊ, खेतालाको ज्याला समेत तिर्न नसकिने भयो ’ । ६ महिना अगाडी छरेको गहुँ अहिले चुट्दा यत्रो लामो समय सम्म कुर्दा धेरै नोक्सान भएको उनले बताए । २ बोरा युरीया मलकोको ४ हजार, ट्याक्टरको जोतेको भाडा ८ हजार र श्रमिकको ज्याला ३ हजार, १० पाथी बिउको गहुँको २ हजार र खाजा १ हजार गरी २० हजार लगानी उठाउन यसपालीको गहुँ खेतीबाट नसक्ने गणेश भक्त बताए । बजारमा हाल नयाँ गहुँको मुल्य प्रति केजि ३० देखि ३२ रुपैँया रहेकाले धेरै किसानको लगानीको ५० प्रतिशत समेत नउठ्ने देखिन्छ । गहुँ छर्नु अगाडी प्रति घण्टा १ हजार तिरेर ट्याक्टर लगाएर जोतेका कतिपय किसानलाई त ट्याक्टरलाई तिरेको भाडा समेत नउठने भएको छ । तरकारी बाली लगाउन पानीको श्रोत नभएको र अन्नबाली लगाउदाँ लगानी समेत नउठ्ने भएपछि भक्तपुरका धेरै किसानले इट्टाँ बनाउन भट्टलाई जग्गा दिने गरेका छन् । किसानले यसरी जमिन भट्टलाई जग्गा दिए पछि जमिनको माथिल्लो तहमा रहेको उर्वराशक्ति युक्त माटो नासिदै गएकोले उब्जनीमा कमी हुन गएको विज्ञहरु बताउछन् । नेपाल सरकारले कृषी बिमा गरीदिने, निशुल्क बिउ बिजन दिने भने पनि आम किसानलाई यस बारेमा थाहा भएको पाइदैन।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप