बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

वैदेशिक रोजगारीमा गएकी महिलाको उद्धार गरी नेपाल फर्काइयो

सोमबार, ०३ जेठ २०७३, १५ : ३०
सोमबार, ०३ जेठ २०७३

काठमाडौ – वैदेशिक रोजगारीमा गई अलपत्र परेकी नवलपरासी दाउन्नेदेबी–६ गंगाबस्ती स्थाई घर भई कुबेतमा घरेलु कामदारको रुपमा काम गरिरहेकी २९ बर्षीया कमला के.सी.लाई महानगरीय अपराध महाशाखाको विशेष पहलमा कुबेत स्थित नेपाली दुतावास तथा अन्य सम्बन्धित निकायहरु समेतको समन्वयमा उद्धार गरी शनिबार नेपाल फर्काइएको छ । गत २०७० फागुन ११ गते नेपालबाट बैदेशिक रोजगारीको शिलशिलामा कुबेत स्थित सब्बा सालिममा घरायसी कामदारको रुपमा काम गर्दै आएकोमा रोजगारदाताले तलब समेत नदिएको कारणले उक्त स्थानबाट भागेर अन्यत्र गई काम गरिरहेको अवस्थामा उनी त्यहाँको प्रहरीले पक्राउ गरी २६ दिन सम्म थुनामा परेकी थिइन् । थुनामुक्त भए पश्चात महाशाखामा पीडितको भाईले जानकारी गराएपछि महाशाखाको विशेष पहलमा शनिबार उद्धार गरी नेपाल फर्काइएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप