बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

सरकारले आफ्नो दायित्व पूरा गरेर मात्र विश्राम लिन्छः मन्त्री यादव

सोमबार, ०३ जेठ २०७३, १५ : ५३
सोमबार, ०३ जेठ २०७३

पर्वत जेठ ३ – सिँचाई मन्त्री उमेश कुमार यादवले जसरी सबै दलहरुले एकजुट भएर सविधान निर्माण गरे त्यसरी नै त्यसलाई कार्यान्वयन मा एकजुट हुनुपर्ने कुरामा जोड दिएका छन् ।

वर्तमान सरकारले सविधान निर्माणपछि त्यसलाई कार्यान्वयन गराउने कार्यलाई पहिलो प्राथमिकतामा राखेको उल्लेख गर्दै उनले सविधान निर्माण कार्यान्वयनका लागि विभिन्न नीति तथा कानुनहरु संशोधन तथा निर्माण कार्य शुरु भएको बताए । जारी भइसकेको सविधान लागु नहोस्, कार्यान्वयनमा नआओस् भनि विभिन्न शक्तिहरु लागेका छन् तर वर्तमान सरकारले ती सबैलाई नजरअन्दाज गर्दै सविधान कार्यान्वयनमा विशेष जोड दिएको उनले बताए ।

फलेवास सिचाई प्रणालीको सिंचाइ व्यवस्थापन हस्तान्तरण सम्बन्धी प्रारम्भिक सम्झौता पत्र हस्ताक्षर कार्यक्रममा बोल्दै उनले भने, ‘ यो सरकार विगतको सरकारको निरन्तरता होइन, सविधान निर्माण भएपछि गठन भएको विशेष प्रकारको सरकार भएकाले यसले आफ्नो दायित्व पूरा गरेर मात्र विश्राम लिन्छ ।’

देशलाई पूर्ण सिचित बनाउने आफ्नो लक्ष्य रहेको बताउँदै उनले त्यसका लागि समृद्ध तराई मधेश सिचाइ विशेष कार्यक्रम तथा पहाडका लागि टार विशेष कार्यक्रम पनि घोषणा भइसकेको बताए । घोषणा भएका विशेष कार्यक्रमलाई कार्यान्वयन गराउन अर्थ मन्त्रालयदेखि विभिन्न सरोकारबालाहरुसँग समन्वय भइरहेको उनले बताए ।

आउने पाँचवर्षभित्र सिचाइको क्षेत्रमा ठूलो फड्को मार्ने बताउँदै उनले यसमा किसान मजदूर तथा सरोकारबालाहरुले सहयोग गर्नुपर्ने धारणा राखे ।

फलेवास सिचाइ प्रणालीको सिचाई व्यवस्थापन हस्तान्तरण सम्बन्धि प्रारम्भिक सम्झौता पत्र हस्ताक्षर कार्यक्रमका प्रमुख सिचाई मन्त्री थिए भने सिचाई विभागका महानिर्देशक रमानन्द यादव र मन्त्रालयका सचिव अनुपकुमार उपाध्यायको पनि उपस्थिति थियो । समुदाय व्यवस्थित सिचित कृषि क्षेत्र आयोजनाका निर्देशक कौशलकिशोर झाका अनुसार फलेवास सिचाई योजना सम्पन्न भएपछि तीनसय ३८ हेक्टर जमिन सिचित हुनेछ । यस आयोनाका लागि पाँच करोड त्रिहत्तर लाख असि हजार चार सय साठी रुपियाँ लागत अनुमान गरिएको छ । सम्झौतपत्रमा उल्लेख भए अनुसार नहर प्रणालीमा विद्यमान संरचनाहरुको सुधारका अतिरिक्त कृषि उत्पादन बृद्धि गर्न आवश्यक उन्नत बीउ, प्राविधिक सहयोग, कृषि तालिम जल व्यवस्थापन तालिम जस्ता कार्यक्रमहरु सञ्चालन हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप