बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

सिंहदरबार छाडेर बालुवाटार घेर्ने गठबन्धनको निर्णय

सोमबार, ०३ जेठ २०७३, १७ : ०८
सोमबार, ०३ जेठ २०७३
[caption id="attachment_50307" align="alignleft" width="840"] File photo[/caption]

काठमाडौं – संघीय गठबन्धनले भोलि वालुवाटार घेराऊ गर्ने निर्णय गरेको छ । गठबन्धनले दुई दिनको सिंहदरबार घेराउपछि वालुवाटार घेराउ गर्ने निर्णय गरेको हो ।

सिंहदरबार घेराऊ गर्ने कार्यक्रम अन्तर्गत माइतीघर मण्डला र हनुमान स्थानमा धर्ना प्रदर्शन गरेको गठबन्धनले मंगलबार बिहान १० बजेदेखि प्रधानमन्त्री निवास वालुवाटार घेर्ने भएको एक नेताले जानकारी दिए ।

गठबन्धनमा आबद्ध २९ दलका सबै नेता कार्यकर्ताहरुले मंगलबार वालुवाटार तयारीमा जुटेका छन् । माग सम्बोधन गराउन प्रधानमन्त्री केपी ओलीमाथि प्रत्यक्ष र प्रभावकारी दबाव दिन प्रधानमन्त्री निवास वालुवाटार घेराऊ गर्न लागिएको गठबन्धनले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप