बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

जबजलाई सबै कम्युनिस्टले बचाउनुपर्ने

सोमबार, ०३ जेठ २०७३, १९ : ३०
सोमबार, ०३ जेठ २०७३

नुवाकोट– नुवाकोट मदन आश्रित स्मृति प्रतिष्ठानले आज आयोजना गरेको कार्यक्रममा वक्ताले मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवादको आडमा अहिले पनि नेपाली कम्युनिस्ट आन्दोलन टिकिरहेको बताएका छन् ।

कार्यक्रममा नेकपा एमाले नुवाकोटका सचिव बुद्धि प्रधानले रुपान्तरित वाम आन्दोलनका सूत्रधारका रुपमा भण्डारीलाई लिनुपर्ने बताउँदै अहिले पनि देश र एमाले भण्डारीको नीतिमा चलिरहेको बताए ।

प्रतिष्ठानका अध्यक्ष शिवकुमार मिश्र र मदन भण्डारी फाउन्डेसनका अध्यक्ष विन्दा ढुङ्गानाले भण्डारीले प्रतिपादन गरेका सिद्धान्त वामहरुको सम्पत्ति भएकाले यसको संरक्षण गर्नु सबै कम्युनिस्टको कर्तव्य भएको बताए ।

आजै फाउन्डेसनको आयोजनामा सदरमुकाम विदुरमा भएको स्मृति सभामा एमाले केन्द्रीय सल्लाहकार राजेन्द्र गौतमले भण्डारी मात्र वैचारिक स्रोतको शक्तिशाली नेता भएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप