बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

बुहारी हत्या आरोपमा पक्राउ

सोमबार, ०३ जेठ २०७३, १९ : ३५
सोमबार, ०३ जेठ २०७३

राजविराज–बुहारीको हत्या गरी फरार रहेका भनिएका बरही वीरपुर गाविस–१ निवासी ५४ वर्षीय वीरेन्द्र यादव पक्राउ परेका छन् ।

यादवले २०६८ साल असार ४ गते २१ वर्षीया बुहारी रम्भादेवी यादवको घाँटी थिचेर हत्या गरेको अभियोग लगाइएको छ । सो घटनापछि पीडितका बाबु श्यामसुन्दरले मृतकका पति सन्तोषकुमार, सासू अरुहुलियादेवी तथा नन्दद्वय रञ्जु र मञ्जुविरुद्ध जाहेरी दिएका थिए ।

हत्या आरोपमा रम्भाका पति सन्तोष र सासू अरुहलियादेवीलाई प्रहरीले पक्राउ गरी पुर्पक्षका लागि थुनामा पठाइसकेको प्रहरी नायब उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप