बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

संविधान कार्यान्वयनका लागि राजनीतिक शक्ति एकजुट हुनुपर्छ : पोखरेल

सोमबार, ०३ जेठ २०७३, १९ : ३९
सोमबार, ०३ जेठ २०७३

चितवन– नेकपा एमालेका स्थायी समिति सदस्य शङ्कर पोखरेलले संविधान कार्यान्वयनका लागि राजनीतिक शक्तिहरू एक हुनुपर्ने बताएका छन् ।

एमाले चितवनले आज यहाँ आयोजना गरेको ‘जननेता मदनकुमार भण्डारी तथा सङ्गठक जीवराज आश्रितको २३ औँ श्रद्धाञ्जलिसभा एवम् संविधान कार्यान्वयन र जनताको बहुदलीय जनवाद’ विषयको विचार गोष्ठीमा उनले जबजको मान्यता स्थापित भए मात्रै संविधान कार्यान्वयन हुन सक्ने बताए ।

पछिल्लो समयमा राजनीतिक शक्तिहरू एक अर्काबीचको असन्तुष्टि बढेका कारण संविधान कार्यान्वयन हुन नसक्ने खतरा बढेको भन्दै वर्तमान सरकारले संविधान कार्यान्वयनमा कुनै कसुर बाँकी नराख्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप