बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

सरकारी कार्यालयप्रतिको धारणा सकारात्मक बनाउनुपर्छ : मन्त्री मानवी

सोमबार, ०३ जेठ २०७३, १९ : ४१
सोमबार, ०३ जेठ २०७३

नवलपरासी– पशुपन्छी विकासमन्त्री शान्ता मानवीले सर्वसाधारणका नजरमा सरकारी कार्यालयलाई हेर्ने दृष्टिकोणमा सकारात्मक परिवर्तन ल्याउनुपर्ने बताएका छन् ।

परासीस्थित जिल्ला पशु सेवा कार्यालयको निरीक्षणपछि कर्मचारीलाई निर्देशन दिँदै मन्त्री मानवीले नागरिकमा सकरात्मक दृष्टिकोण ल्याउन कार्यालयले पारदर्शी रुपमा काम गर्ने तथा छिटो छरितो र नागरिक बडापत्रानुसारको सेवा दिनुपर्ने सुझाव दिए ।

उनले जिल्लाको पशु सेवा कार्यालयले रचनात्मक र फरक कार्यक्रम सञ्चालन गरेर किसानको जीवनस्तर उकास्ने काम गरेकामा सराहना व्यक्त गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप