बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

जथाभाबी फोहर फाल्नेको सङ्ख्यामा कमी

सोमबार, ०३ जेठ २०७३, १९ : ४४
सोमबार, ०३ जेठ २०७३

काठमाडौँ– गत वर्षको तुलनामा यस वर्ष काठमाडौँ महानगरपालिकामा जथाभाबी फोहर फाल्नेको सङ्ख्यामा कमी आएको छ ।

अघिल्लो आवमा कामपाले जथाभाबी फोहर फाल्नेबाट रु १६ लाख ८९ हजार ९०० जरिवाना असुल गरेको तथा चालु आवको चैत मसान्तसम्म रु एक लाख सात हजार ४०० मात्र जरिवाना असुल भएको कामपा, वातावरण प्रशासन महाशाखा प्रमुख गङ्गाधर गौतमले जानकारी दिए ।

उनका अनुसार पछिल्लो समय नगरवासीमा चेतनाको वृद्धि भएको र कामपाको कडाइका कारण जथाभाबी फोहर फाल्नेको सङ्ख्यामा कमी आएको हो । कामपाले फोहर फालेको स्थान, फोहरको प्रकृति र व्यक्ति वा संस्था कसले फालेको हो हेरी जरिवाना असुल गर्ने गरेको कामपाको भनाइ छ । अघिल्लो वर्ष फोहर फालेकै कारण एक हजार पाँच जना तथा यस वर्ष अहिलेसम्म ५० जना मात्र कारबाहीमा परेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप