बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

मधेसका जनतालाई भारतको चस्माले हेर्नुहुँदैन : डा. कोइराला

सोमबार, ०३ जेठ २०७३, १९ : ४६
सोमबार, ०३ जेठ २०७३

मोरङ–नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले सरकार सञ्चालन गर्नेहरूले मधेसका जनतालाई भारतको चस्माले हेर्न नहुने बताएका छन् ।

काँग्रेस मोरङले आज विराटनगरमा ओयाजना गरेको कार्यकर्ता प्रशिक्षण कार्यक्रममा डा कोइरालाले भने, ‘मधेसका जनतालाई भारतको चस्माले हेर्ने परम्पराको अन्त्य नभए मधेसी जनता अधिकारसम्पन्न हुँदैनन् ।

काँग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा नेकपा एमाले, एकीकृत नेकपा माओवादी, राप्रपा, मधेसी जनअधिकार फोरम फोरम नेपालका अध्यक्ष र मधेसकेन्द्रित दलका नेता सम्मिलित राजनीतिक संयन्त्र गठन गर्नुपर्ने बताउँदै उनले त्यसले मात्र समस्याको समाधान हुने विचार राखे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप